आचार संहितालाई पालना नगर्ने व्यवसायीलाई सहयोग नगरिने कानुनी दायरामा रहेर पेशा व्यवसाय संचालन गर्न आग्रह

 

बुटवल, ५ मंसिर
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको बुटवलउपमहानगर पालिका वडा नम्बर १२ र १३ का व्यवसायीको मगलवार भएको भेलाले विभिन्न निर्णय गरेको छ । भेलाले संघद्धारा जारी व्यवसायीक आचार सहिंतालाई कडाईका साथ पालना गर्नु पर्ने, र सोको व्यवस्थापनका लागि जितगढी ,वेलवास , तामनगरका व्यवसायी समेटी उपसमिति समेत गठन गरेको छ ।
भेलाले मोहन भुसाल संयोजक रहेको ७ सदस्यीय उप समिति चयन गरेको छ । समितिको सहसंयोजकमा रामु न्यौपाने सचिवमा नारायण श्रेष्ठ रहनु भएको छ । समितिको सदस्यमा खिमलाल सुवेदी, दीपक खत्री तिलक राम कंडेल र वेद प्रकाश भुसाल रहनु भएको संघका महा सचिव बावुराम गौतमले जानकारी दिनु भयो ।
त्यस अघि भेलाको उदघाटन गदै संघका अध्यक्ष समुन्द्र जिसीले व्यवसायीक एकतामा जोड दिदै संघद्धारा जारी आचार संहितालाई पालना नगर्ने व्यवसायीलाई समस्या परे संघले सहयोग गर्न नसक्ने धारणा राख्नु भयो । वेलवास प्रहरी चौकीका प्रमुख विष्णु मिश्रले व्यवसाीलाई कानुनी दायरामा रहेर पेशा व्यवसाय संचालन गर्न आग्रह गर्नु भयो । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष राम प्रसाद गौतम सहकोषाध्यक्ष टंक प्रसाद पराजुली प्रकाशले होटल व्यवसायी पर्यटन व्यवसायी भएकाले राजनैतिक दलहरुले चुनावी घोषणापत्रमा समावेश गर्न माग गर्नु भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.