पेशागत संगठन वामगठवन्धनको पक्षमा कांग्रेसबाट मानसिक रुपमै हार स्वीकारः पौडेल

 

बुटवल ९ मंसिर । एमाले उपमहासचिव विष्णुप्रसाद पौडेलले वामगठवन्धनका उ्रम्मेदवारहरुको जित सुनिश्चित भईसकेको बताएका छन ।
निर्वाचन आयोगले घोषणा गर्न मात्र वाकी रहेको बताउदै उनले वामगठवन्धनको २ तिहाई बहुमत आउने बताए । शनिवार बुटवलमा आयोजना भएको संयुक्त पेशागत इलाका कमिटि क्षेत्र नं २ रुपन्देहीको भेला तथा अन्तरक्रियामा निर्वाचन क्षेत्र नं २ प्रतिनिधीसभा सदस्य पदका उम्मेदवार समेत रहेका पौडेलले कांग्रेस मानसिक रुपमै पराजित भएको बताए । उनले भने– कांग्रेसले मानसिक रुपमै हार स्वीकार गरिसकेको छ । जित सुनिश्चित भईसक्यो ।’
भेलामा नेकपा माओवादी केन्द्रका नेता वामदेव क्षेत्री, एमालेका नेता तथा उम्मेदवार लिला गिरी, अर्का नेता तथा उम्मेदवार भोजप्रसाद श्रेष्ठ, निर्वाचन परिचालन समितिका संयोजक नेत्र पन्थि, सह संयोजक निर्मल जिसी, चित्रवहादुर केसी लगायतले पेशागत संगसंगठनहरु पुर्ण रुपमा निर्वाचनमा होमिन मतदाता शिक्षा प्रदान गर्न अग्रसर हुनु पर्नेमा जोड दिए ।
संयुक्त पेशागत इलाका कमिटिका अध्यक्ष वेदप्रसाद ज्ञवालीको अध्यक्षता, सचिव नारायण प्रसाद पन्तको संचालनमा भएको कार्यक्रममा नेपाल प्रगतिशिल प्राध्यापक संगठनका महासचिव डा. खगराज शर्मा, नेपाल राष्ट्यि स्वास्थ्य प्राविधिक संगठनका महासचिव भास्कर आत्रेय, ब्याप्सनका पुर्व उपाध्यक्ष एवं सल्लाहका लोकनाथ उपाध्याय, कर्मचारी एशोसिएसनका केन्द्रिय सदस्य प्रदिप गिरी, बुटवल बहुमुखि क्याम्पसका उपप्राध्यापक दुर्गा भूसाल, बुद्धिजिवि परिषद रुपन्देहीका अध्यक्ष सुर्यबहादुर जिसी, नेपाल दुर संचार प्राधिकण कर्मचारी केन्द्रिय सदस्य दिनेश पाण्डे, निजामति कर्मचारी संगठनका पुर्व अध्यक्ष मेधदेव पन्त लगायतले वाम गठवन्धनका उम्मेदवारलाई विजयी वनाउन कुनै कसर वाकी नराख्ने बताए ।
सो अवसरमा नेपाली कांगेस कर्मचारी युनियन परित्याग गरि एमालेको कर्मचारी संगठनमा आएका शुद्धोधन गाउ पालिकाका अधिकृत मानवहादुर भण्डारीलाई प्रमुख अतिथी पौडेलले स्वागत गरेका थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.