तिङ्ला र मेखालामा शुन्य भोट, बाँफिकोट र आठ-बीसकोटमा आगजनी

काठमाडौै । मंसिर १० । सोलुखुम्बुको तिङ्लाका बासिन्दाले निर्वाचन समेत बहिस्कार गरे । तत्कालिन तिङ्ला गाउँ विकास समितिलाई राज्य पुनःसंरचनामा नेचा सल्यान गाउँपालिका वडा नम्बर छ राखेकोमा विरोध गर्दै आएका तिङ्लका मतदाताले एउटा पनि भोट हालेनन ।

नेता आफुहरुलाई अपायक हुने भन्दै तिङ्लामा दुई हजार पाँच सय ७५ मतदाता ले निर्वाचन बहिस्कार गरेका हुन् । त्यहाँ कायम भएका पाँच वटै मतदान केन्द्रमा सबै सामग्री लिएर पुगेपनि दिनभर बस्दा समेत एउटा पनि मत नखसेको सोलुखुम्वुका मुख्य निर्वाचन अधिकृत नारायणप्रसाद सुवेदीले जानकारी दिनुभयो । उनीहरुले तिङ्लालाई सोलु दुधकुण्ड नगरपालिकामा गाभ्नुपर्ने माग गर्दै आएका छन् ।

आफ्ना माग पुरा नभएको भन्दै तिङ्लाका बासिन्दाले स्थानीय तहको निर्वाचनमा उम्मेद्वारी पनि दिएका थिएका भने मतदान पनि गरेका थिएनन् ।
यता हुम्लाको चंखेली गाँउपालिकाको वडा नम्बर ४ को मेखाला केन्द्रमा पनि मतदान भएन । उक्त मतदान केन्द्रमा रहेका १ सय १९ जना मतदाताले स्थानीय तहको वडा विभाजनमा असहमति जनाउँदै निर्वाचन प्रकृया बहिस्कार गरेका हुन।

उता रुकुमको पश्चिम बाँफिकोट गाउँपालिका ५ ‘क’ को प्रतिनिधिसभा तर्फको र आठ-बीसकोट नगरपालिका ११ ‘ख’ मतदान केन्द्रको समानुपातिक तर्फको मतपेटिकामा आगजनी गरेपछि मतदान स्थगित गरिएको छ ।
घटनामा संलग्न रहेको आरोपमा एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै दोलखाको तामाकोसी गाउँपालिका च्यामा मतदान केन्द्रमा भोट हाल्न जाँदै गर्दा १८ वर्षीया निर्मला फुयाँलको मृत्यु भएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.