मतपेटिकाहरू सदरमुकाममा कडा सुरक्षा र सिसि क्यामेराको निगरानीमा राखिदै

काठमाडौा, मङ्सिर १२ । पहिलो चरणमा २०७४ मंसिर १० गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा मतदानमा प्रयोग भएका ३१ जिल्लाका सबै मतपेटिका जिल्ला सदरमुकाममा संकलन भइसकेका छन् । अब बााकी रहेको डोल्पा जिल्लाका ९ वटा मतदान स्थलका मतपेटिकाहरु सदरमुकाम ल्याउने कार्य भइरहेको आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । ती मतपेटिका कडा सुरक्षा र सिसि क्यामेराको निगरानीमा राखिनेछ ।
निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारी अनुसार, कूल २ हजार ९१७ मतदानस्थलमध्ये अब डोल्पा जिल्लाका ९ मतदान स्थलका मतपेटिका आउन बााकी छन् । डोल्पाका ६६ मतदान स्थलमध्ये से-फोक्सुन्डोमा ३ वटा मतदान स्थलका र थार्का ताङसोङ्कामा ६ वटा मतदान स्थलका मतपेटिका लिन हेलिकोप्टर सदरमुकाम पुगे पनि अत्यधिक हावा चलेका कारण उडान नहुन नसकेकाले आज मौसम अनुकूल नभएमा बुधबार मात्र ल्याउने जानकारी प्राप्त भएको छ ।
आयोगबाट स्थलगत अनुगमन
यसैबीच निर्वाचन आयुक्त सुधीरकुमार शाहले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सिलसिलामा राजनीतिक दल तथा उम्मेदवारहरूबाट भइरहेको प्रचारप्रसारको अवस्थाको स्थलगत अनुगमन गर्नुभएको छ । आयुक्त शाहले सुरुमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जानुभई त्यहाको निर्वाचनको तयारी, निर्वाचन व्यवस्थापन र समग्र सुरक्षा अवस्थाबारे जानकारी लिनुभयो । उहाले निर्वाचन आचारसंहिताको पालना कडाइका साथ गराउन, आचारसंहिता विपरीतका प्रसार सामग्री हटाउन लगाउन र हटाउन तथा मतदाताले भयरहित वातावरणमा मतदान गर्ने वातावरण सिर्जना गर्न निर्देशन दिनुभयो ।
अनुगमनका क्रममा निर्वाचन आयुक्त शाहको सहभागितामा भक्तपुरको दूधपाटी, दरबार स्क्वायर क्षेत्र, क्वाछेा, तौमडी, सुुकुल ढोकालगायतका क्षेत्रमा निर्वाचन आचारसंहिताविपरीत अस्वाभाविकरुपले सडकमाथि वारपार टाागिएका विभिन्न पार्टीका चुनाव चिहृन, उम्मेदवारको तस्बिर, झण्डा अङ्कित तोरणका रुपमा राखिएका प्रचारप्रसारका सामग्रीहरु हटाइएको छ । अनुगमनका क्रममा सञ्चारकर्मीहरुसाग कुराकानी गर्नुहुादै निर्वाचन आयुक्त शाहले दलका आचारसंहिताविपरीतका त्यस किसिमका प्रचारप्रसारका सामग्रीहरुको प्रदर्शनले मतदातालाई अलमल तुल्याउने भएकाले त्यस्ता प्रचारप्रसारका सामग्रीहरुलाई तत्काल हटाउन प्रहरी/प्रशासनलाई निर्देशन दिएको बताउनुभयो । उहााले भन्नुभयो-”मतदाता कुनै पनि किसिमले प्रभावित हुनुहुादैन, सडक, सहर र चोकमा भएको भद्दा प्रदर्शनले नगरलाई कुरूप बनाउने काम भएको छ, निकै धेरै मात्रामा प्रसार सामग्री टाागिएको र प्रदर्शन भएको पाइयो । यो आचारसंहिता विपरीतको कार्य हो ।” धेरै प्रचार प्रसारले मात्रै मतदाता आकषिर्त हुन्छन् भन्ने सोच गलत हो भन्दै आयुक्त शाहले मतदाताले आˆनो अमूल्य मत दिन स्वतन्त्र र स्वविवेकले पाउनुपर्छ भन्ने आयोगको धारणा हो भन्नुभयो ।
निर्वाचन आचारसंहिताविपरीत मतदातालाई अलमल्याउने ढङ्गबाट निर्वाचन प्रचारप्रसार भइरहेको भन्दै आयोगमा सिकायत आएपछि आयुक्त शाहको नेतृत्वमा रहेको आयोगको टोलीले त्यस क्षेत्रको अनुगमन गरेको हो । आयोगको टोलीमा आयोगका सहन्यायाधिवक्ता गीताप्रसाद तिम्सिनासहित सञ्चार व्यवस्थापन इकाइका सदस्यहरु सहभागी हुनुहुन्थ्यो । निर्वाचन आचारसंहिताले आचारसंहिताविपरीतका झण्डा, तूल, व्यानर सडकलगायतका सार्वजनिक स्थानमा टााग्न निषेध गरेको छ । अनुगमनका क्रममा अन्य दलको तुलनामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा -माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टीलगायतका तर्फबाट सडक नै ढाक्ने गरी पार्टीका झण्डा, निर्वाचन चिहृनको तोरण बनाएर सडकको वारपार टाागिएको पाइयो । टोलीले आचारसंहिताविपरीतका त्यस्ता सामग्रीलाई सांकेतिकरुपमा हटाएको छ । अनुगमन टोलीमा भक्तपुर जिल्लाका मुख्य निर्वाचन अधिकृत भोजराज शर्मा, प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, जिल्लाका प्रहरी प्रमुख किरण राना, निर्वाचन आयोगका भक्तपुरका लागि खटिनुभएका केन्द्रीय अनुगमनकर्ता पद्मप्रसाद पाण्डे, निर्वाचन अधिकृत उत्तम सिलवाल, जिल्ला निर्वाचन अधिकारी उमेशकुमार राईलगायत सहभागी हुनुुहुन्थ्यो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.