प्रधानमन्त्रीले सम्वोधन गर्ने कांग्रेसको सभास्थल नजिकै बम विष्फोट, ८ घाइते

काठमाडौ । मंसिर १२ । नेपाली कांग्रेसका सभापति एवं सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा सहित नेपाली कांग्रेसका शीर्ष नेताहरु दाङको तुलसीपुरमा आयोजित आमसभालाई सम्बोधन गर्न पुगेका बेला मंगलवार बम विष्फोट भएको छ ।

सभास्थल भन्दा २०० मिटर टाढा तुलसीपुर उपमहानगरपालिकाको व्यस्त बजार तुलसी बोर्डिङ स्कूल नजिकै बम विष्फोट भएको थियो । उक्त विष्फोटमा परी एक म्यादी प्रहरी सहित ८ जना घाइते भएका छन् । घाइते मध्ये दुईको अवस्था चिन्ताजनक रहेको र थप उपचारका लागि नेपालगञ्ज पठाइएको काँग्रेसले जनाएको छ ।

नेपाली कांग्रेसले विज्ञप्ति जारी गरि काँग्रेस र लोकतन्त्रप्रतिको उर्लदो अपार जनसागरबाट अतालिएर दिनानुदिन नेपाली कांग्रेसका नेता एवं कार्यकर्ताहरुलाई लक्षित गरी लोकतन्त्रलाई नै समाप्त पार्ने ढंगले लोकतन्त्र विरोधी तत्वहरुले सुनियोजित तवरबाट बारम्बार यस प्रकारका घटनाहरु दोहर्याई रहनु अत्यन्त दुःखद विषय हो भन्दै कांग्रेसका नेता एवं कार्यकर्ताहरुको हत्या नै गर्ने मनसायले गरिएको यस प्रकारको घृणित क्रियाकलाप र आक्रमणप्रति नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गरेको छ ।

विज्ञप्तिमा यस घटनाले शान्तिपूर्ण एवं निर्वाध रुपमा निर्वाचनका कार्यक्रम गर्न पाउने नागरिकको नैसर्गिक अघिकार माथि ठाडो उल्लंघन गरेको र लोकतान्त्रिक संस्कार र संस्कृतिको उपहास गर्न खोजिएको भन्दै यस प्रकारका अवांछित क्रियाकलापहरु पुनः नदोहोर्याउन नेपाली कांग्रेस चेतावनी दिन चाहन्छ । साथै, घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल खोजी गरी कडा भन्दा कडा कार्वाही गर्न र घाइतेहरुको उचित उपचारको प्रबन्ध गर्न नेपाली कांग्रेस सरकारसँग माग गर्दछ भनिएको छ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.