बाम गठबन्धनलाइ बहुमत दिन ओलीको अपिल

काठमाडौ । मंंसिर १२ । नेकपा एमालेका अध्यक्ष तथा वाम गठबन्धनका संयोजक केपि ‌ओलीले विकास र सम्वृलद्धिका लागि बाम गठबन्धनलाइ बहुमत दिन मतदातामा अपिल गर्नुभएको छ ।
संयुक्त वाम गठबन्धनले काठमाडौँमा मंगलवार आयोजना गरेको चुनावी सभामा एमाले अध्यक्ष ओलीले गठबन्धनले जितेपछि मुलुकमा विकास र सम्वृद्धिले गतिलिने बताउनुभयो ।
सोही सभामा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले काँग्रेसले बहुमत पाएर पनि देश विकास नगरेको भन्दै जनताले राजनीतिक स्थिरता र विकास खोजेकोले बाम गठबन्धनलाइ जिताउनु पर्ने बताउनुभयो ।

उहाँले काँग्रेसले वाम गठबन्धन विरुद्ध भ्रम छर्ने प्रयास गरेको पनि आरोप लगाउनुभयो । कार्यक्रममा काठमाडौँ निर्वाचन क्षेत्र एकका बामगठबन्धनका उम्मेदवार अनिल शर्माले काठमाडौँलाई धुवाँ–धुलोरहित शहर बनाउने बताउनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.