विसडम लुम्विनी कलेजद्धारा अभिमुखिकरण तथा उत्कृष्टलाई सम्मान

बुटवल । मंसिर १२ । बुटवलमा संचालित विसडम लुम्विनी कलेजले विद्यार्थीहरुलाइ अभिमुखिकरण प्रशिक्षण तथा उत्कृष्टलाई सम्मान गरेको छ ।

एम्स कलेजका अध्यक्ष धनिश्वर गौतमको प्रमुख आतिथ्यता तथा विसडम कलेजका कार्यकारी प्रमुख चिरन अर्यालको विशेष आतिथ्यतामा आयोजित कार्यकममा उत्कृष्ठ विद्यार्थीहरुलाइ सम्मान गरिएको थियो ।

बुटवलस्थित श्रवणपथमा रहेको कलेजले त्यस अवसरमा उत्कृष्ठ विद्यार्थीहरु मध्ये पहिलो हुने सुदिप श्रेष्ठ, दोश्रो हुने अभिषेक शर्मा र तेश्रो हुने विधान पुनलाइ पुरस्कृत तथा सम्मान गरिएको थियो ।

त्यस अवसरमा प्राविधिक शिक्षा र होटल म्यानेज्मेण्ट क्षेत्रमा अध्ययनरत जनशक्तिको आवश्यकताबारे समेत चर्चा गरिएको थियो ।

होटल ब्यवस्थापन शिक्षामा अव्वल विस्डम लुम्विनी कलेजले विद्यार्थीहरुका लागि अभिमुखिकरण प्रशिक्षण दिइएको थियो । त्यस अवसरमा कलेजले दिने सेवा सुविधा र विद्यार्थीको दायित्वबारे पनि प्रशिक्षण दिइएको थियो ।

शान्ति बास्तोलाले संचालन गरेको कार्यक्रममा सुशील गिरी,केशव भण्डारी,ललित अधिकारी र सुविन मल्ल लगायतले प्राविधिक शिक्षा र होटल म्यानेज्मेन्ट क्षेत्रको भविश्यबारे प्रकाश पार्नुभएको थियो ।

होटल व्यवस्थापनमा दक्ष जनशक्ति उत्पादनमा सक्रिय विस्डम कलेजले सामाजिक क्रियाकलापमा समेत सहभागिता जनाउँदै आएको छ । होटल ब्यवस्थापनमा दक्ष जनशक्ति उत्पादन गर्दै व्यवहारिक शिक्षा दिने विस्डम लुम्विनी कलेज बुटवल क्षेत्रकै पहिलो कलेज हो ।

होटल म्यानेजमेन्टका डिप्लोमाका कक्षाहरु समेत संचालन गर्दै आएको कलेजले आफ्ना विद्यार्थीहरुलाई इन्र्टनशिपका लागि चीन तथा मलेसिया पठाउने गरेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.