काठमाडौं, मंसिर १३,-काठमाडौंबाट अर्घाखाँचीका लागि छुटेको नमस्ते अर्घाखाँचीको लु२ख २९१ नम्बरको त्रिशुलीमा खसेको बस २५ फिट गहिराईमा फेला परेको छ ।
ट्रकसँग ठोक्किएर चितवनको फिस्लिङ र चुम्लिङटारको बीचमा पर्ने स्थानबाट बस त्रिशुलीमा बस खस्दा ७ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएको प्रहरीले जनाएको छ । मृतक मध्ये अहिलेसम्म रुपन्देहीको देवदह-१०, विक्रम पाण्डे मात्रै सनाखत भएको छ।
उनको साथबाट मेघा कलेजको परिचयपत्र भेटिएको पनि प्रहरीले जनाएको छ । उद्धार गरिएका घाइते मध्ये ३ जनालाई उपचारका लागि काठमाडौं पुर्याइएको छ ।
थप घाइतेलाई भरतपुर लगिएको छ । त्रिशुलीको पानी धमिलो भएको र बस गहिराइमा रहेकाले थप निकाल्न कठिनाइ भएको र बस भित्रको स्थिती बारे यकिन भैनसकेको पनि प्रहरीले जनाएको छ ।
बस काठमाडौंबाट २८ जना यात्रुको चलानी लिएर हिँडेको थियो ।