हिजो नमुना बुटवल बनायौं,अब नमुना रुपन्देही बनउंछौं ः भोजप्रसाद

 

 

फेरि एकपटक सुकुम्वासीहरुलाई लालपूर्जा वितरण गर्ने रहर छ
संगठन विभाग प्रमुख,प्रदेश कमिटी प्रदेश नं ५
उम्मेदवार,प्रदेशसभा २ क्षेत्र नं २ रुपन्देही

भोजप्रसाद श्रेष्ठ
ड्ड

२०१३ साल पौष ७ गते पाल्पाको रामपुरमा जन्मिएका हुन् भोजप्रसाद श्रेष्ठ । २०४४ सालदेखि बुटवलमा वसाइ सराइ गरेका भोजप्रसाद श्रेष्ठ आज बुटवल मात्र होइन मुलुककै विकास अभियान्ताका रुपमा परिचित छन् । अविरल राजनीतिक आन्दोलनसंगै सामाजिक विकास अभियानमा समेत श्रेष्ठले महत्वपूर्ण योगदान पुर्याउंदै आएका छन् । बुटवलको योजनावद्ध बिकास प्रारुप जुन आज पनि झण्डै डेढ दशक अघि तत्कालिन नगरपालिकाका प्रमुख भोजप्रसाद श्रेष्ठले स्थापित गरेको मान्यताका आधारमा संञ्चालनमा छ भन्दा अनुपयुक्त हुदैन । बुटवलको योजनावद्ध बिकास र सुन्दर शहरको परिकल्पना गरेर कार्यान्वयनमा पु¥याउने सफल ब्यक्तित्वको रुपमा अहिले पनि बुटवलवासीले भोजप्रसाद श्रेष्ठलाई सम्झिने गर्छन ।

जीवनको कुनै एउटा राम्रो कामले पछि पनि सफलताको ढोका खोल्छ भन्ने मान्यता भोजप्रसाद श्रेष्ठको जीवनमा पनि लागु हुन्छ । पार्टीको जिम्मेवारीमा रहंदा २०५१ सालको मनमोहन अधिकारीको नेतृत्वको सरकारद्धारा गठीत सुकुम्वासी समस्या समाधान आयोग रुपन्देहीको अध्यक्षजस्तो महत्वपूर्ण जिम्मेवारी प्राप्त भयो । आयोगको अध्यक्षको हैसियले उहांले कार्यकालको छाटो अवधिमा पनि ४ हजार भन्दा बढी सुकुम्वासीहरुलाई लालपूर्जा प्रदान गर्नुभयो । अरु हजारौं सुकुम्वासीहरुलाई लालपूर्जा वितरणका लागि पहेंलो कार्ड वितरण गरिसक्नुभएको थियो तर सरकार लामो समय टिक्न सकेन र आयोगले काम गर्न पाएन । यद्यपी पहिलो चोटी भोजप्रसाद आयोगले प्रदान गरेको लालपूर्जा र पहेंलोे कार्ड हेरेर अहिलेपनि सुकुम्वासीहरु भोजप्रसाद श्रेष्ठप्रति नतमस्तक छन् । उनीहरु भोजप्रसाद श्रेष्ठ जस्तो नेतृत्वको पर्खाइमा छन् । निर्वाचनका शीलशीलामा घरदैलोमा पुग्दासुकुम्वासीहरु भोजप्रसादलाई देखेर खुसी हुन्छन् । मतदाताहरुले गरेको माया र सद्भाव देखेर भोजप्रसाद पनि त्यत्तिकै खुसी छन् । भन्छन्—फेरि एकपटक सुकुम्वासीहरुलाई लालपूर्जा वितरण गर्ने निकायको नेतृत्व गर्ने र हजारौं सुकुम्वासीहरुलाई लालपूर्जा वितरण गर्ने मेरो तीव्र चाहना छ ।

सुकुम्वासी समस्या समाधान आयोगमा अध्यक्षको रुपमा क्रियाशील रहंदा गरेको कामको मूल्यांकन समेतका आधामा भोजप्रसादलाई पार्टीले २०५४ सालमा बुटवल नगरपालिकाको मेयरको उम्मेदवार बनाएको थियो । परिणाम स्वरुप उहांले निर्वाचन शानदार ढंगले जित्नुभयो । नगरप्रमुख भएका बेला भोजप्रसादले बुटवललाई नमुना नगरपालिकाको सूचीमा पुर्याउनुभयो । उहांले गरेका परिकल्पना र अगाडी बढाएका कामहरुले आज बुटवल नगरपालिका मुलुककै नमुना र उत्कृष्ट नगरपालिका बनेको छ । उहांको कार्यकालमा वुटवल नगरका सांघुरा र मोटर ग्यारेजजस्ता देखिने गल्लीहरु फराकिला भए । सफा सुग्घरले बुटवललाई आकर्षक बनायो । उहांले अगाडी सार्नुभएका केही उच्च आकांक्षि आयोजनाहरु समयमै सम्पन्न भए । श्रेष्ठले पांच वर्षे कार्यकालमा वाटो,पुलपुलेसा,कल्भर्टहरु,सरसफाइ,खानेपानी,वातावरण शिक्षा,स्वास्थ्य,राजश्व,रोजगारी प्रबद्र्धनका साथै मुलुककै नमुना उजीरसिंह अटोभिलेज,लुम्विनी वस टर्मिनल,गाउंनगर वस सेवा सञ्चालन,मणिमुकुन्द सेन उद्यान,सिद्धार्थ वाल तथा महिला अस्पताल निर्माण,बुटवलको हिलपार्क,जीतगढी किल्लाको जीर्णोद्धार,रामापिथेकस पार्क,देवीनगरमा मिनी स्टेडियम,ब्यवस्थित हाटवजार,सघन सरसफाइ लगायतका योजनाहरु अघि सारेका थिए । आज तिनै योजनाहरुलाई निरन्तरता दिंदा बुटवल मुलुककै नमुना नगर बनेको मात्र छैन पटक —पटक उत्कृष्ट समेत बन्दै आएको छ ।
भोजप्रसाद श्रेष्ठले विगतमा गरेका यी महत्वपूर्ण कामहरु देखेका बुटवलवासी मात्र होइन सिंगो जिल्लाका वासीन्दा उनीप्रति विस्वस्त छन् ।
भोटमाग्न जनताका घरदैलोमा पुग्दा भोजप्रसाद भन्छन् — विकास र समृद्धिका दुरदृष्टि योजना,परिकल्पना र अनुभव समेत हामीसंग छ, बुटवललाई नमुना बनायौं,अब सिंगो जिल्लालाई नमुना बनाउंछौं । भोजप्रसादका यी कुराहरु विश्वासिला छन् । किनकी उनले विगतमा विकासका परिकल्पना गर्थे र पुरा पनि गर्थे ।
अब जिल्लामा सञ्चालनमा रहेका ठूला—ठूला विकासे आयोजनाहरुलाई सम्पन्न गर्ने र बुटवललाई मात्र होइन सिंगो जिल्लालाई नमुना बनाउने तीव्र चाहना भोजप्रसाद संग छ । कालिगण्डकी —तिनाउ डाइभर्सन गर्ने,बुटवल भैरहवा ६ लेन सडक सम्पन्न गर्ने,बुटवल—नारायणगढ र बुटवल सालझण्डी सडक ४ लेन वनाउने,अन्तरराष्ट्रिय सम्मेलन केन्द्र समयमै सक्ने,लु्म्विनीको विकासका सवै आयोजनाहरु सम्पन्न गर्ने,तिनाउ र दानव नदीको दुवै किनारामा पक्कि पर्खाल लगाउने,पर्यटन प्रबद्र्धन गर्ने र बुटवललाई प्रदेश नं ५ को राजधानी बनाउने सपना उनीसंग छ । सुझबुझ र बैचारीक क्षमता मात्र होइन विकासका लागि इन्जिनियरिङ ज्ञान समेत राख्ने क्षमतवान नेता भोजप्रसाद श्रेष्ठ स्पष्ट विचार र दृष्टिकोण भएका सादा जीवनसैली र सुसाुसनका हिमायती समेत हुन् । तीनै भोजप्रसाद श्रेष्ठ आज रुपन्देही क्षेत्र नं २ प्रदेशसभा २ वाट सदस्य पदका उम्मेदवार भएका छन् ।

 

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.