मर्चवारमा शुक्लाको किल्ला भत्काउने दाउमा काँग्रेस

 

रुपन्देही भैरहवा, १३ मसिंर
सागंठनिक हिसावले प्रभावशाली मानिए पनि रुपन्देही क्षेत्र नं ४ मर्चवारमा कहिल्यैे जित हासिल गर्न नसकेको नेपाली काँग्रेस यसपटक उक्त क्षेत्रमा आफ्नो र्इितहास रच्ने दाउमा जुटेको छ । यो क्षेत्रमा मुख्य त तिन पक्षीय प्रतिस्पर्धा देिखएको छ । तर काँग्रेस र राजपा बिच टक्कर छ ।
मर्चवारमा राष्ट्रिय जनता पार्टी (राजपा) का प्रभावशाली नेता शर्वेन्द्र नाथ शुक्ला र काँग्रेसबाट प्रमोद यादव बिरासत जोगाउने र किल्ला भत्काउने कसरतमा छन् । यादव किल्ला भत्काउने र शुक्ला बिरासत जोगाउन कसिरहेका बेला एमालेका ओमप्रकास यादव गुल्जारीले चुनौती खडा गरेका छन् ।
राष्ट्रिय राजनीतिमा समेत छाईसकेका शुक्लाको यो क्षेत्रलाई किल्लाकै रुपमा लिईन्छ । उनि यही क्षेत्र बाट निर्वाचित भएर पटक–पटक मन्त्री भएका छन् । चुनावमा पराजीत हुदा पनि बिगतमा शुक्लाको प्रभाव यो क्षेत्रमा उस्तै रहन्थ्यो ।
बिकसित जिल्ला भित्र रहेको अविकसित क्षेत्र मध्ये रुपन्देहीको मर्चवार पनि एक हो । सडक, शिक्षा, स्वास्थ्य, सिचाइ, सचांर जस्ता आधारभुत सुविधाहरु समेत अती कम उपलब्ध छन । यिनै मुद्धालाई लिएर अहिले काँग्रेस उम्मेदवार यादवले शुक्लालाई चुनौती दिईरहेका छन् । यादव ब्यवसायीक पृष्ठभुमीबाट काँग्रेसको राजनीतिमा आएका हुन् ।
‘काँग्रेसले कहीले पनि नजित्दा मर्चवार पछाडी पर्यो, यादव भन्छन् –यसपटक मर्चवारको मुहार फेर्न पनि यहाँका जनताले मलाई रोज्नेका छन् ।’ यसअघी स्वास्थ्य र शिक्षा मन्त्री भईसकेका शुक्लाले मर्चवारको बिकासमा कुनै भुमिका नखेलेको काँग्रेसको आरोप छ । तर शुक्ला भने यो आरोप खेप्न तयार छैनन् । ‘ब्यक्तिले नगरेको भन्दा पनि यो क्षेत्रलाई राज्यलेनै उपेक्षा गरेको हो, उनले भने –अव मर्चवार क्षेत्रमा बिकासको गती ल्याउन आफुले जित्नु पर्ने बताउछन ।’
राजनीतिका अनुभवी शुक्ला र उम्मेदवारको पहिलो अनुभव लिईरहेका यादवको उम्मेदवारीले मर्चवार क्षेत्रमा यो पटक नतिजा उथलपुथल हुन सक्ने अनुमान धेरैको छ । बाम गठबन्धनबाट ओमप्रकास यादव गुल्जारीको उम्मेदवारीले पनि मर्चवारमा थप चुनावी माहोल सिर्जना गरेको छ । उनि पहीलो सविधान सभा निर्वाचनमा रुपन्देहीको क्षेत्र नं २ भैरहवाबाट अप्रत्यासीत रुपमा जित हासील गरेका थिए । मधेस केन्द्रीत दलबाट आफ्नो राजनीतीक छवी बनाएका गुल्जारी चुनावको मुखमा एमालेमा प्रवेस गरेर उम्मेदवार बनेका हुन् । पहीला एमालेको कटु आलोचना गर्ने यादव एमालेमै प्रबेस गरेका छन ।
राजपाले स्थानिय तह निर्वाचनमा चुनाव बहिष्कार गर्दा शुक्लाले आफ्ना कार्यकर्तालाई स्वतन्त्रबाट चुनाव लडाएका थिए ।

 

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.