हाम्रो स्पष्ट बहुमत आउछ : प्रम देउवा

धनगढी(कैलाली), १५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनलाई लक्षित गरेर अराजक तत्वहरूले देशका विभिन्न भागमा गराइरहेको बिस्फोटका घटना निन्दनीय भएको बताउनुभएको छ ।

धनगढीमा शुक्रबार धनगढीमा सञ्चारकर्मीहरूसंग कुरा गर्दै प्रधानमन्त्री देउवाले सानातिना बिस्फोटका घटनाबाट सरकार विचलित नहुने बताउनुभयो ।

उहाँले कतिपय स्थानमा भएका बिष्फोटनका घटनामा संलग्नहरूलाई सरकारले नियन्त्रणमा लिइसकेको बताउनु भयो ।“सरकारले यस्ता अराजक तत्वरूलाई कुनै पनि हालतमा छोड्दैन” उहाँले आम मतदातालाई निर्भयपूर्वकमतदान गर्न आह्वान गर्नुभयो ।

प्रधानमन्त्री देउवाले सरकारले निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन कुनै कसर बाकी नराखेको बताउनु भयो ।

नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले आसन्न प्रतिनिधि सभा तथा सबै प्रदेश सभा सदस्य निर्वाचनमा कांग्रेसको पूर्ण बहुमत प्राप्त हुने बताउनु भयो । “कांग्रेसको बहुमत आउनेमा कुनै शंका छैन”उहा“ले भन्नुभयो,“पहिलो चरणको निर्वाचनले कांग्रेसमा देशभर उत्साह थपिएको छ, हाम्रो स्पष्ट बहुमत आउछ ।”

प्रधानमन्त्री देउवाले आजै अछाम र डोटीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.