बुटवलबाट डेटोनेर बरामद

बुटवल,मंसिर १५ । दोश्रो चरणको निर्वाचनको समय नजिकिँदै गर्दा चुनाव विरोधी गतिविधि प्रति सर्तकता बढाएको प्रहरीले बुटवलबाट विष्फोटक पदार्थ डेटोनेटर बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले Electrical Detonator (Big Size Length 18 C.M.,Circumferece 5.6 C.M.) 250 थान बरामद गरेको हो । उक्त सामग्री निर्वाचनमा विष्फोटमा प्रयोग गर्न ल्याइएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

आसन्न निर्वाचनलाई मध्य नजर गरि रुपन्देही जिल्लाका बिभिन्न संवेदनशिल इलाकाहरुमा चेक जाँच गर्ने क्रममा बुटवल इलाकाबाट निम्न उल्लेखित बिष्फोटक पदार्थ फेला परेको पनि प्रहरीले जनाएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.