गुल्मीका ६ वटै सिटमा वाम गठबन्धनको जित सुनिश्चित छ –प्रदिप ज्ञवाली

हामीसँग खास प्रतिष्पर्धा कसैको छैन पैसा तथा गुण्डागर्दी लगायतका कारणले मतदाताको मत प्रभावित नहोस

प्रदिप ज्ञवाली वाम गठबन्धनका तर्फबाट गुल्मी क्षेत्र नम्वर १ मा प्रतिनिधिसभाको उम्मेदवार हुनुहुन्छ । पुर्वमन्त्री समेत रहनुभएका ज्ञवालीसँग आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि भोटमाग्न घरदैलोमा ब्यस्त भैराखेकै बेला मतपत्रनेपालडटकमका लागि केशव भण्डारीले गरेको कुराकानीको संक्षिप्त अंश ।
चुनावी घरदैलोमा ब्यस्त हुनुहुन्छ । मंसिर २१ गते हुने निर्वाचनको तयारी कस्तो छ रु
एकदम उत्साहका साथ निर्वाचनको अभियानमा छौ । मतदाताको घरदैलोमा पुग्दा अपार माया सदभाव र हौसला पाइरहेका छौ । त्यसले पनि उत्साही बनाएको छ । अव धेरैभन्दा धेरै मतान्तरले कसरी चुनाव जित्ने र पैसा तथा गुण्डागर्दी लगायतका कारणले मतदाताको मत प्रभावित नहोस भन्नेमा हाम्रो ध्यान केन्द्रित छ ।
तपाईका चुनावी एजेण्डा के के हुन
गुल्मी जिल्लाको समग्र विकासका लागि पुर्वधार विकासमा ध्यान दिनुपर्छ । त्यसका लागि बहुप्रतिक्षित कालीगण्डकी भारतसँग जोडिने कालीगण्डकी करिडोरलाइ उच्च प्राथमिकतामा राखेका छौ । त्यसले गुल्मीको मात्र हैन समग्र देशको विकासका लागि नै महत्वपुर्ण योगदान पुर्याउनेछ । त्यसैगरी रुद्रवेणी–वामीटक्सार सडक कालोपत्रे गर्ने, रेसुङ्गामा निर्माणाधिन एयरपोर्टको काम छिटो पुरा गर्ने,रुरु रेसुङ्गा विकास समिति मार्फत पर्यटन विकास अघि बढाउने, कृषि,सडक र मानव संशाधनको विकासमा केन्द्रित हुने मुख्य एजेण्डा हुन ।
गुल्मी क्षेत्र नम्वर १ मा हेवीवेट उम्मेदवार मैदानमा उत्रिएको भन्दै धेरैले चासोपुर्वक हेरिरहेका छन । तपाइ के भन्नुहुन्छ रु
को हेविवेट, को सामान्य । म त्यसरी तुलना गर्न चाहन्न । हामी आआफ्नै ढंगले चुनावी मैदानमा छौ । वाम गठबन्धनलाइ जनमोर्चा र नेकपा माले लगायतका दलहरुले समेत समर्थन गरेका छन् । त्यसैले हामीसँग खास प्रतिष्पर्धा कसैको छ भन्ने पनि मलाइ लाग्दैन । तर म हरेक मतदाताको मतको सम्मान गर्छु ।
ढुक्कले चुनाव मै जित्छु भन्न खोज्नु भा को रु
हो । निकै ठुलो मतान्तरले मैले चुनाव जित्छु । मैले मात्रै हैन गुल्मीका प्रतिनिधिसभाका २ र प्रदेशका चार गरि ६ वटै क्षेत्र हामीले जित्छौ ।
तपाई र वाम गठबन्धनले नै जित्ने आधार के के हुन रु
मुख्यत राष्ट्रिय राजनीतिमा एमालेले खेलेको भूमिका र जनताका बीच उसको लोकप्रियता हो । हिजोका दिनमा हाम्रो पार्टीले गरेका कामहरु यसका आधार हुन । यस्तै गुल्मीमा वाम गठबन्धनको प्रभाव र जनताको भरोसा पनि हो । स्थानीय तहको निर्वाचन परिणाम पनि त्यसको अर्को आधार हो । गुल्मीका ५० मध्ये ३२ वडामा हामीले धेरै मतको अन्तरका साथ जितेका छौ । वाम गठबन्धनले जित्ने त्यो पनि आधार हो ।
तपाई नेकपा एमालेको सचिव पनि हुनुहुन्छ । राष्ट्रिय राजनीतिमा प्रभावशाली भूमिका समेत खेल्दै आउनुभएको छ । अहिलेको निर्वाचनलाइ लिएर काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा सहित अधिकांश नेता र कार्यकर्ताले वाम गठबन्धनले जिते देशमा अधिनायकवाद आउँछ । हास्न र रुन पनि पाइन्न भनिरेहका छन नि । के भन्नुहुन्छ
नेपाली काँग्रेस वाम गठबन्धनबाट आत्तिएको छ । यो पराजित मानसिकताको उपज पनि हो । झुटो र अनर्गल प्रचारबाजी त्यसैको परिणाम हो । कम्युनिष्ट पार्टी र तिनका नेताहरु राणाकाल देखि नै लोकतन्त्रका लागि लडेका छन । वामपन्थीहरुको लोकतन्त्र प्रतिको निष्ठामा प्रश्न उठाउनु भनेको हिनताबोधको कारक हो । २०४६ सालमा प्रजातन्त्र आएपछि चुनावमा जाँदा पनि कम्युनिष्टहरुले ६० बर्ष पुगेका नागरिकलाइ गोली हानेर मार्छन भन्थे । त्यो बेलाको मनस्थितिबाट काँग्रेस माथि उठन सकेको छैन । आफ्नो चेतना स्तर उठाउन नसक्ने काँग्रेसको यस्तो आरोप निराधार र हास्यास्पद छ ।
चुनाव जितेर सरकार बनाउने अवसर आयो भने वाम गठबन्धनको प्राथमिकता के के हुन्छ
पाँच बर्षमा अल्पविकसित बाट मलुकलाई माथि उठाउने र १० बर्षमा मध्यम आय भएको देश बनाउने गरि काम गर्ने हाम्रो प्राथमिकता हुनेछ । त्यो इच्छाशक्ति र लक्ष्य हाम्रो छ । त्यसबाहेक जनताको जीवनस्तर उकास्ने र मुलुकलाइ सम्वृद बनाउने लगायतका योजना हामीले घोषणापत्रमा समेत उल्लेख गरेका छौ । विगतमा एमालेको ९ महिने शासनकालमा थुप्रै काम शुरु भएका थिए । अव झन धेरै गर्नु५ । घोषणापत्र अनुसार काम गर्न सकिन्छ त्यो हामीले गर्नेछौ । काँग्रेसको नेतृत्व हरेक हिसावले असफल भयो । अव हामीहरुले नेतृत्व लिएर देशको मुहार फेर्नेछौ ।
तपाईका मुख्य प्रतिष्पर्धी काँग्रेस उम्मेदवार चन्द्र भण्डारी र गुल्मेली मतदातालाई केही भन्नुछ की
व्यक्तिगत रुपमा चन्द्र भण्डारी र म साथी हौ । भोलिका दिनमा पनि उहाँसँग सहकार्य र समन्वय गरेर अघि बढ्नेछु । त्यसैले गलत टिप्पणी र अनर्गल प्रचार नगरे हुन्थ्यो भन्न चाहन्छु । गुल्मेली जनता र मतदाता प्रति आभारी छु । तपाईहरुको मत गुल्मी र देशको विकास तथा सम्वृदिका पक्षमा हुनेछ भन्ने विश्वास छ । त्यसैले मतदान पनि वाम गठबन्धनका उम्मेदवारलाई गर्नुहुन अपिल गर्दछु ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.