कांग्रेसले रुपन्देहीका बुटवल,भैरहवा र भोली बृहत चुनावी सभा गर्दै केन्द्रिय नेताहरुले सम्बोधन गर्ने

 

रुपन्देही ,बुटवल १७ ,मंसिर
नेपाली कांग्रेसले आसन्न प्रतिनिधि र प्रदेश सभाका लागि रुपन्देहीमा मंसिर १८ गते अन्तिम चुनावी सभा गर्दैछ । रुपन्देहीका तीन स्थानमा बृहत चुनावी सभाको तयारी गरिएको हो ।
चुनाव प्रचारप्रसारको अन्तिम दिन मंसिर १८ गते सोमबार बुटवलको ट्राफिकचोकमा,दक्षिण मर्चवारको मझगावा र भैरहवाको बुद्धचोकमा बृहत बृहत चुनावी सभाको आयोजना गरिएको नेपाली कांग्रेस रुपन्देहीका सचिब रामकृष्ण खांणले जानकारी दिनुभयो ।
बुटवलको चुनावी सभा बिहान १० बजे शुरु हुने र लगत्तै भैरहवा र मर्चबारमा सभा हुने जनाइएको छ ।
ती स्थानहरुमा तयारी अन्तिम चरणमा पुगेको छ । बुटवल,भैरहवा र मर्चवारमा हुने तीन वटै सभामा नेपाली कांग्रेसको निर्वाचन केन्द्रीय परिचालन समिति संयोजक बालकृष्ण खांण,केन्द्रिय सदस्य तथा पूर्व अर्थमन्त्री डा रामशरण महत,केन्द्रिय सदस्य तथा समानुपातिक उम्मेदबार पुष्पा भुसाल,अर्का केन्द्रिय सदस्य उमादेबी जैशी,पूर्व मन्त्री चित्रलेखा यादब लगायतको केन्द्रिय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
विकासको लहर ल्याउछौ ः नेका उम्मेदवार
रुपन्देही १७ मंसिर
नेपाली कांग्रेस रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधी सभाका उम्मेद्धवार अब्दुल रज्जाक र प्रदेश सभा २ का उम्मेद्धवार हरि न्यौपानेले आफ्नो क्षेत्रका विभिन्न स्थानमा संयुक्त घरदैलो गर्नुभएको छ ।
उहांहरुले कुरहुरीया, डांडवा, बहिरीहवा, मैनिहवा, श्रीनगर, बेलराई, पोखरभिन्डी, लखनगाउं, बगाहा, बसन्तपुर लगायतका स्थानमा मतदाताहरु संगको भेटमा उहांहरुले स्थानिय मतदाता माँझ सिंचाई, स्वास्थ्य तथा बाटोको समस्या हटाउने प्रतिबद्धता जनाउंदै आफूहरुलाई मत हाल्न आग्रह गर्नुभएको थियो ।
आफ्नो घरदैलोमा पुगेका मतदाताहरुलाई मत दिने विश्वास मतदाताहरुले दिलाएका छन् । घरदैलोका क्रममा अन्य पार्टीबाट करिब ४० जना का्रग्रेसमा प्रवेश गरेका छन् ।
यसैबीच प्रदेश शभा २ का उम्मेद्धवार हरि न्यौपानेले आफ्नो क्षेत्रको देवदह नगरपालिकाको वडा न. १० मुढाबासमा पनि घरदैलो संगै आयोजित सभालाई सम्बोधन गर्नुभएको छ । सभामा उम्मेद्धवार नयौपानेले कांग्रेसकै पहलमा बनेको चरङ्गेको कालोपत्रे बाटो र पुल नमूना मात्रै भएकाले आफ्नो जितले बांकी रहेका विकासका काम जस्तै मुढाबासलाई सुनौलो गाउंको रुपमा विकास गर्ने, तटबन्धन गर्ने, डिपिआर परेको पाल्पाको लागि वैकल्पिक मार्ग निर्माण ढिला नगरी सम्पन्न गर्ने ,होमस्टे निर्माण र पर्यटक आगमनको मुख्य गन्तव्य बनाउने प्रतिबद्धता जनाउनुभयो ।
यस्तै सभामा आफ्ना भनाई राख्दै पूर्व मन्त्रि दुर्योधन सिंह चौधरीले मुडाबास बासीले आफ्ना पालामा पनि कांग्रेसलाई माया गरेर जिताएको स्मरण गर्दै पुन ः विकासको आधार बोकेको पार्टी कांग्रेसलाई जिताउन आग्रह गर्नुभयो ।
सभामा बोल्दै देवदह नगरपालिकाका प्रमुख हिराबहादुर केसीले आफू प्रमुखमा विजयी हुनुमा सहयोगी बनेका चरङ्गे मुढाबासका स्थानियलाई धन्यवाद दिंदै त्यस क्षेत्रमा आफूले शुरु गरेका विकासका कामको पूर्णता र त्यस क्षेत्रको समग्र विकासका लागि कांग्रेसको जितले मात्रै सम्भव रहेको बताउनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.