गुल्मेली जनताले विकास चाहेका छन— चन्द्र भण्डारी

 

चन्द्र भण्डारी गुल्मीको क्षेत्र नम्वर १ बाट प्रतिनिधिसभाका उम्मेदवार हुनुहुन्छ । गुल्मीको हुँगामा जन्मिनुभएका भण्डारी नेविसंघको महामन्त्री हुँदै राष्ट्रिय राजनीतिमा लोकप्रिय बन्नुभएको हो । यसअघि २०७० सालको संविधानसभामा तत्कालिन गुल्मी २ बाट निर्वाचित हुनुभएका भण्डारी नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत हुनुहुन्छ । गुल्मीको विकासमा आफुले धेरै योगदान दिएको दावी गर्नुहुने भण्डारीसँग प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित रहेर मतपत्रनेपालडटकमले गरेको संक्षिप्त कुराकानी ।
चुनावी अभियान कस्तो छ ? मतदाताको घरदैलो अभियान चलिरहेको छ । जनताका घरमा र चोक तथा बस्तीहरुमा धेरै राम्रो भैरहेको छ । म उत्साही छु । सवैले शुभकामना दिइरहनुभएको छ । मतदाताको प्रतिकृया कस्तो पाउँनुभएको छ ? चुनावै चुनावमा होमिनुपरेकोले होला मतदाताहरु चुनावबाट थाके जस्ता देखिन्छन । तर गुल्मी १ का मतदाताको उत्साहजनक र सहयोगी प्रतिकृया पाएको छु । तपाइका चुनावी एजेण्डा के के छन रु गुल्मीको विकास नै मेरो एजेण्डा हो । म निर्वाचित हुनुभन्दा अगाडि गुल्मीमा २ ओटा मात्रै पुल थिए जिल्लामा अहिले ४२ ओटा पुल बनिरहेका छन, ९३ वटा खानेपानी योजना मध्ये ९० ओटा मैले पालामा संचालनमा आएका हुन । अहिले पनि खानेपानी,सडक,खेलकुद,पुर्वाधार विकास,गरिवि अन्त्य र समग्र जिल्लाको विकास नै मेरा एजेण्डा हुन । रुरुदेखि रेसुगां हुँदै अन्य पर्यटकीय स्थलको विकास गरि जिल्लालाइ नमूना बनाउने गरि अघि बढेको छु । चुनावी नारा दिनु र काम गर्नु त फरक होला नि रु हैन । मैले नारा बाडेको छैन । अहिले पनि हेर्नुस रिडीमा नमुना पुल बनिरहेको छ । तम्घास पुग्न रुपन्देहीबाट छोटो सडक निर्माण भैरहेको छ । गरिवका लागि ४ सय १५ वटा घर बनिरहेका छन । यसलाइ अझ विस्तार गरिनेछ । युवाहरुलाइ रोजगारी दिन स्वरोजगार अभियान र आमा समुहका समस्या समाधान गर्न काम गर्ने योजना छ । समग्रमा पाँच बर्षमा गुल्मीलाइ नमुना जिल्ला बनाइने छ । हेवीवेट नेताहरुको चुनावी भिडन्तबारे त फरकफरक अडकलबाजी भैरहेका छन नि रु मेरो क्षेत्रका मुख्य प्रतिष्पर्धी प्रदीप ज्ञवालीसँग राम्रो सम्वन्ध छ । हामीबीच कुनै नराम्रो कुरा छैन । तर गुल्मीका जनताले विकास खोजेका छन । दुइ नेता एकै ठाउँबाट नलडेको भए हुन्थ्यो भन्ने पनि छन । तर विकास र योजनाका हिसावले अधिकांश मतदाताको मलाइ समर्थन छ । अन्त्यमा केही भन्नुछ रु म गुल्मी क्षेत्र नम्वर १ का मतदातालाइ अपिल गर्छु कि धेरै पार्टीगत कुरा भन्दा जिल्लाको विकासमा ध्यान दिनुपर्छ । गरिवि अन्त्य गरि गुल्मीलाइ सम्वृद्ध जिल्ला बनाउने अभिभारा पुरा गर्न मलाइ सहयोग गर्नुहुनेछ भन्ने विश्वास पनि छ ।

 

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.