‘समृद्धि र लोकतन्त्रकालागि काग्रेसले जिताउन आग्रह,

 

बुटवल, १८ मंसिर ।
नेपाली कांग्रेसका नेताहरुले नेपाली जनताले कम्युनिष्ट शासन अस्विकार गरिसकेको दाबि गरेका छन् । चुनाब प्रचारको अन्तिम दिन आज बुटवलमा आयोजित बृहत चुनावी सभामा बोल्दै नेताहरुले तानाशाहि कम्युनिष्ट गठबन्धन केहि दिनमै फ्लप हुने दाबि गरे ।
चुनावी आम सभालाई सम्बोधन गर्दै काँग्रेसका नेताहरुले बाम गठबन्धनको स्पष्ट नीति नभएका कारण देशको समृद्धि सम्भव नभएको दावी गरे ।मुलुकको आर्थिक समृद्धिकालागि नेपाली काँग्रेसको जित अपरिहार्य रहेको काँग्रेस नेताहरुले बताएका हुन् ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले मुलुकको आर्थिक समृद्धि र राष्ट्रिय एकताको लागि नेपाली काँग्रेसको जित अनिवार्य भएको बताए ।
उनले नेपाली काँग्रेसले ४८ सालमा लिएको आर्थिक नीतिकै कारण मुलुक अहिलेसम्म चलिरहेको बताए।
‘आफूहरुले मुल्य अभिबृद्धि कर, आयकरलाई सुधार लगायत कार्यक्रम ल्याउदा बिरोध गर्ने कम्युनिष्ट पार्टीहरुले आफूहरुले सरकार चलाउँदै त्यसैलाई निरन्तरता दिएका छन्‘उनहरुको एजेण्ण नै छैनन्’ महतले भने ।
एमालेले सरकार चलाउदा मुलुकको अर्थतन्त्र बलियो बनाउने भन्दा पनि ढुकुटी सकाउने काम गरेको आरोप लगाए ।
त्यस्तै गरी पार्टीको निर्वाचन परिचालन समितिका केन्द्रीय संयोजक बालकृष्ण खाँणले नेपाली काँग्रेसलाई सिध्याउन खोज्दा नेपालका राणा र राजा आफै सिद्धिएको बताउँदै नेपाली काँग्रेसलाई सिध्याउन खोज्ने शक्ति आफै समाप्त भएर जाने दावी गरे ।
काग्रेसले हार्दा बुटवलले राजधानी गुमाउछ त्यसैले जिताऔं
उनले नेपाली काँग्रेसले जित्दा पाँच नम्बर प्रदेशको राजधानी रुपन्देहीमै बन्ने बताउँदै काग्रेसले हार्दा बुटवलले राजधानी गुमाउने दावी गरे।
उनलेनेपाली काँग्रेसले जिते रुपन्देहीलाई पाँच नम्बर प्रदेशको मात्रै नभएर मुलुककै आर्थिक केन्द्रका रुपमा बिकास गर्ने प्रतिवद्धता व्यक्त गरे ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.