रूपन्देहीमा दोश्रो चरणको निर्वाचनको तयारी पुरा

पाँँच नम्वर प्रदेश अन्तर्गत पर्ने रूपन्देहीमा मंसिर २१ गते हुने दोश्रो
चरणको निर्वाचनको तयारी पुरा भएको छ । भोली २१ गते विहिवार हुने निर्वाचकालागि रूपन्देहीमा सवै तयारी पुरा भएको जिल्ला निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा तर्फ ५ र प्रदेश तर्फ १० क्षेत्र रहेको रूपन्देहीमा चुनावका लागि चारहजार सातसय चौरासी कर्मचारी फिल्डमा खटिएका छन । सम्पुर्ण कर्मचारी मतदान स्थलमा पुगेर कामगरी रहेको मुख्य निर्वाचन कार्यलयका प्रमुख नरिश्वर भण्डारीले जानारी दिनु भयो
उहाले सबै तयारी सकेर मतगणना स्थल र मत भण्डारण स्थल निर्माण गर्ने मतगणना स्थलमा सीसी क्यमरा समेत जडान गरिएको जानाकारी दिनुभयो ।
रूपन्देहीमा ५ लाख २२ हजार ६ सय २ मतदाता छन् । २ सय ८ मतदान स्थल र ५ सय ९८ मतदान स्थल रहेको रूपन्देहीमा मतदातालाइ परिचय पत्र वितरण गर्ने काम भैरहेको छ । भारतसंग सिमा जोडिएकोले रूपन्देही जिल्लाको सुरक्षा ब्यवस्था समेत कडा पारिएको छ तर मतदाता शिक्षा यस पाली पनि प्रभावकारी हुन नसकेको गुनासो रुपन्देहि का मतदाताले गरेका छन ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.