मतदानलाई शान्तिपुर्ण बनाउँन सुरक्षा ब्यवस्था मजबुत

काठमाडौ । मंसिर २० । दोश्रो चरणको निर्वाचनको मतदानलाई भय रहित र शान्तिपुर्ण बनाउँन सुरक्षा ब्यवस्था मजबुत बनाइएको गृहमन्त्रालयले जनाएको छ ।

मन्त्रालयले बुधवार पत्रकार सम्मेलन गरि दोस्रो चरणको निर्वाचनका लागि नेपाली सेना सहित २ लाख सुरक्षा फौज परिचालन गरिने र सुरक्षाको सवै प्रवन्ध मिलाइएको बताएको हो ।

पत्रकार सम्मेलनमा गृह सचिव मोहनकृष्ण सापकोटाले ४५ जिल्लाका सवै मतदान केन्द्रहरुमा सुरक्षाकर्मी पुगिसकेको जानकारी दिनुभयो । मतदान अवधिभर पदैल तथा हवाइ गस्ति हुने र निर्वाचन विरोधि गतिविधि गर्ने समुहका विरुद्ध कठोर रुपमा प्रस्तुत हुन सुरक्षा निकायलाई निर्देशन दिइसकेको पनि गृह सचिव सापकोटाले बताउनु भयो ।

उहाँले जनपथ प्रहरी ,शसस्त्र प्रहरी, अनुसन्धान विभाग र नेपाली सेनाले आआफ्नो सुरक्षा घेराभित्र काम गर्ने बताउनु भयो । निर्वाचन सुरक्षालाइ ध्यानमा राखि देशैभर ९ सय जना पक्राउ परेको पनि गृहमन्त्रालयले जनाएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.