प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतदान उत्साहजनक रुपमा जारी

काठमाडौ । मंसिर २१ । संघीय संरचना बमोजिम प्रदेश र प्रतिनिधिसभा निर्वाचन अन्तर्गत ४५ जिल्लामा दोश्रो चरणको मतदान भैरहेको छ ।

७ वटै प्रदेशका पहाडी र तराईका ४५ जिल्लाका सबै जसो मतदान स्थल र केन्द्रमा मतदाताहरुको उत्साहजनक सहभागिता छ ।

मतदानका लागि वृदवृदा, अपाङ्ग लगायत मतदाताहरु विहानैदेखि मतदानका लागि लाइनमा छन् । यो निर्वाचन संविधानको कार्यान्वयन र राजनीतिक स्थायीत्वका लागि महत्वपूर्ण छ ।

यो निर्वाचनवाट प्रत्यक्ष तर्फ प्रतिनिधिसभाका लागि १२८ र प्रदेशसभाका लागि २५६ जनप्रतिनिधि निर्वाचित हुने छन् । यो चुनावमा ७ हजार ७ सय ५२ मतदान स्थल र १५ हजार ३ सय ४४ केन्द्रमा मतदान भैरहेको छ । कुल १ करोड ५४ लाख २७ हजार ९ सय ३८ मतदाता मध्ये यो निर्वाचनमा १ करोड २२ लाख ३५ हजार ९ सय ९० मतदाताले मतदान गर्ने अधिकार पाएका छन् ।

प्रत्यक्ष तर्फ प्रतिनिधिसभाका लागि १ हजार ६ सय ६३ र प्रदेशसभाका लागि २ हजार ८ सय १९ जना उम्मेदवार यस पटक प्रतिष्पर्धामा छन् ।
विहान ७ बजेदेखि शुरु भएको मतदानमा दलका शीर्ष नेता र उम्मेदवारहरुले पनि मतदान गर्ने क्रम चलिरहेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवनको शिवनगरबाट मतदान गरिसक्नुभएको छ ।

मतदानका लागि दाहाल विहान ७ बजे नै मतदान केन्द्र पुग्नुभएको थियो । विहानको चिसो मौसमममा पनि मतदाताहरुको मतदानप्रतिको उत्साह बढ्दो छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.