५ नम्वर प्रदेशमा पनि निर्वाचन शान्तिपुर्ण रुपमा जारी

केशव भण्डारी
बुटवल – ५ नम्वर प्रदेशमा पनि निर्वाचन शान्तिपुर्ण रुपमा जारी छ । ५ नम्वरको रुपन्देहीमा पनि शान्तिपुर्ण र निकै उल्लासका साथ मतदान भैरहेको छ । मतदाताहरु आआफ्नो केन्द्रमा विहानैदेखि मतदानका लागि लामवद्ध भएका छन् ।
रुपन्देहीका सवै २ सय ८ मतदान स्थलका ५ सय ९८ मतदान केन्द्रमा विहान ७ बजेदेखि मतदान शान्तिपूर्ण वातावरणमा भैरहेको सहायक निर्वाचन अधिकृत नुमराज खनालले जानकारी दिनुभयो ।
वृद्धवृद्धा, अशक्त तथा अपांगता भएका मतदातालाई प्राथमिकताका साथ मतदान गर्ने व्यवस्था मिलाइएको छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २, रुपन्देहीका एमाले उम्मेदवार तथा नेकपा ( एमाले ) उपमहासचिब विष्णुप्रसाद पौडेलले बुटवल उपमहानगरपालिका वडा नं. ८ स्थित पश्चिमान्चल डिभिजन सडक कार्यालय नं. ४, सिद्धार्थ राजमार्गमा मतदान गर्नु भयो ।
यस्तै काँग्रेस क्षेत्र नम्वर २ का उम्मेदवार युवराज गिरिले पनि बुटवल स्थित मतदान केन्द्रबाट भोट हाल्नुभयो ।
राप्रपा प्रजातान्त्रिकका क्षेत्र नम्वर ३ का उम्मेदवार तथा पार्टीका उपाध्यक्ष र स्वास्थ्यमन्त्री दिपक वोहोराले भैरहवा स्थित खजहना मतदान केन्द्रवाट मतदान गर्नुभएको छ ।
प्रदेश सभाकालागि १० र प्रतिनिधि सभाकालागि ५ निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा जिल्लामा ५ लाख २२ हजार ६ सय २ मतदाता रहेका छन् ।
रुपन्देहीमा आजको निर्वाचनमा ४ हजार ७ सय ८४ कर्मचारी र ६ हजार सुरक्षाकर्मी खटिएका छन् ।
उता शिर्ष नेताहरुले पनि आआफ्नो क्षेत्रबाट मतदान गरेका छन ।
निर्वाचन आयोगका माननीय निर्वाचन आयुक्त इला शर्माले ललितपुर महानगरपालिका वडा नं. १०, कुमारीस्थान नर्सिङ अस्पताल मतदान केन्द्र, माननीय निर्वाचन आयुक्त इश्वरीप्रसाद पौड्यालले ललितपुर महानगरपालिका वडा नं. २, टीका विद्याश्रम मा.वि., सानेपा मतदान केन्द्रबाट र माननीय निर्वाचन आयुक्त सुधीरकुमार शाहले काठमाडौं महानगरपालिका वडा नं. ४, धुमबाराही मा.वि., धुमबाराही मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

यसैगरी, आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले टोखा नगरपालिका वडा नं. ८ स्थित भुवनेश्वर मन्दिर, गौरीगाउा मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । अपरान्ह ५ बजेसम्म आˆनो मतदाता नामावलीमा नाम रहेको मतदान केन्द्रमा प्रवेश गर्ने मतदाताले मात्रै मतदान गर्न पाउने व्यवस्था रहेको छ । मतदाताले मतदान केन्द्रमा जाादा मोबाइल, लाइटर तथा अन्य सामानहरू मतदान केन्द्रभित्र लैजान नपाइने व्यवस्थासमेत रहेको निर्वाचन आयोगले जनाएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.