दोश्रो चरणको निर्वाचनमा ६७ प्रतिशत भन्दाबढी मत खस्यो, गुल्मीमा सवैभन्दा धेरै ७१ प्रतिशत मतदान, अर्घाखाँचीको सन्धिखर्कका दुइ केन्द्रमा मतदान स्थगित

काठमाडौ । मंसिर २१ । प्रदेश र प्रतिनिधिसभाको दोश्रो चरणको विहिवार सम्पन्न निर्वाचनमा ६७ प्रतिशत भन्दाबढी मत खसेको छ । निवाचन आयोगले अहिलेसम्म ६७ प्रतिशत भन्दाबढी मत खसेको प्रारम्भिक अनुमान निर्वाचन आयोगको छ ।

सवैभन्दा बढी गुल्मीमा ७१ प्रतिशत मत खसेको छ । विहान ७ बजेदेखि शुरु भएको दोश्रो चरणको निर्वाचनको मतदान छिटफुट घटनाबाहेक शान्तिपुर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले जानकारी दिनुभयो ।

७ हजार ७ सय ५२ मतदान स्थलका १५ हजार ३ सय ४४ मतदान केन्द्रका अधिकांश मतदाताहरु विहानैदेखि मतदान स्थल र केन्द्रमा लामवद्द भएर मत हालेको थिए । अर्घाखाँचीको सन्धिखर्कका दुइ मतदान केन्द्रको मतदान स्थगित स्थित भएको छ ।

सविधानसभावाट जारी भएको संविधानको कार्यान्वयन गर्दै संघीय लोकतन्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र राजनीतिक स्थीरतासँगै नेपालको राजनीतिक पद्तीलाई शान्ति र सम्वृद्धिको मार्गमा अघि बढाउन यो निर्वाचन ऐतिहासिक हुनेछ ।

विहिवारको मतदानमा वृदवृदा, अपाङ्ग, दृष्टिविहिन लगायतका मतदातालाई मतदानकालागि प्राथमिकता दिइएको थियो ।

दोस्रो चरणको आजको निर्वाचनबाट प्रत्यक्ष तर्फ प्रतिनिधिसभाका लागि १ सय २८ र प्रदेशसभाका लागि २ सय ५६ जनप्रतिनिधि चुनिने छन् ।

चुनावमा प्रत्यक्ष तर्फ प्रतिनिधिसभाका लागि १ हजार ६ सय ६३ र प्रदेशसभाका लागि २ हजार ८ सय १९ जना उम्मेदवार प्रतिष्पर्धामा छन् ।

कुल १ करोड ५४ लाख २७ हजार ९ सय ३८ मतदाता मध्ये आज १ करोड २२ लाख ३५ हजार ९ सय ९३ मतदातालाई मताधिकार प्राप्त थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.