को को हारे काँग्रेसका हस्तीहरु कसले हराए

प्रतिनिधिसभाको निर्वाचनमा काँग्रेसका हस्तीहरु समेत पराजित भएका छन् । तनहुँमा यसअघि सधै जित्दै आएका काँग्रेसका रामचन्द्र पौडेल पहिलो पटक पराजित हुनुभएको छ ।
यसैगरी नुवाकोटमा काँग्रेसका प्रभावशाली नेताद्वय रामशरण महत र अर्जुननरसिहं केसी पराजित भएका छन् । उता सामान्य प्रशासन मन्त्री हुँदा डिभि पिआर लिएका कर्मचारीलाई कारवाही गरेपछि सवैतिरबाट स्याव्वासी पाएका एमालेका लालबाबु पण्डितले चुनाव जित्दा नेपाली काँग्रेसका नेता शेखर कोइरालालाई पराजित हुनुपर्यो । पण्डितले ३३ हजार ९ सय ४१ मत प्राप्त गर्दा कोइरालाले ३३ हजार २ सय ६६ मत पाउनुभयो । अर्थात ६ सय ७५ मतले कोइराला पराजित हुनुभयो ।
मोरङमै कांग्रेसका अर्का वरिष्ठ नेता महेश आचार्य माओवादी केन्द्रका अमनलाल मोदीसंग पराजित हुनुपर्यो । मोरङ ४ मा मोदीले ३३ हजार ५ सय २९ मत ल्याउनुभयो भने आचार्यले त्यो भन्दा साढे सात हजार कम अर्थात जम्मा २६ हजार ८ सय मत पाउनुभयो ।
कांग्रेसका पूर्व महामन्त्री समेत रहेका विमलेन्द्र निधि धनुषाबाट पराजित हुनुभएको छ । उहाँ राजपा नेपालका राजेन्द्र महतोसँग पराजित हुनुभएको हो ।
झापामा अर्का पुर्व महामन्त्री कृष्णप्रसाद सिटौला पनि राप्रपाका राजेन्द्र लिङदेनसँग पराजित हुनुभएको छ ।
झापा मै काँग्रेसका विश्वप्रकाश शर्मा पनि माओवादी केन्द्रका सुरेन्द्र कार्कीसँग पराजित हुनुपरेको छ ।
यस्तै राप्रपा अध्यक्ष कमल थापा मकवानपुरबाट पराजित हुनु भएको छ। थापालाई वामगठवन्धनका कृष्णप्रसाद दाहालले पराजित गर्नु भएको हो ।
सुर्खेत क्षेत्र नम्बर १ बाट काँग्रेसका पूर्णबहादुर खड्कालाई नेकपा एमालेका ध्रुबकुमार शाहीले पराजित गर्नुभएको छ ।
सिन्धुपाल्चोकमा पनि वाम गठबन्धनका सामु लोकतान्त्रिक गठबन्धन नराम्ररी पराजित भयो । माओवादी केन्द्रका अग्नि सापकोटाले ४० हजार ५ सय ४ मत ल्याएर चुनाव जित्दा नेपाली काँग्रेसका नेता तथा संचारमन्त्री मोहनबहादुर बस्नेतलाई २९ हजार ७ सय ५८ मत प्राप्त भयो ।
सिन्धुपाल्चोक मै काँग्रेसको समर्थनमा लोकतान्त्रिक गठवन्धनबाट उम्मेदवार बन्नुभएका राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणालाई एमालेका शेरबहादुर तामाङले पराजित गर्नुभएको छ । तामाङले ३८ हजार ४ सय १ मत प्राप्त गर्दा राणाले ८ हजार भन्दा कम अर्थात ३० हजार ३ सय ६९ मत प्राप्त गर्नुभयो ।
भक्तपुर क्षेत्र नम्बर २ मा एमालेका महेश काँग्रेसका दमननाथ ढुंगानालाई पराजित गर्नुभयो । यस्तै काँग्रेस केन्द्रीय सदस्य भिष्मराज आङ्दम्वे पाँचथरबाट एमाले उम्मेदवारसँग पराजित हुनुभएको छ भने लम्जुङबाट दिलबहादुर घर्ती पनि माओवादी केन्द्रका देव गुरुङसँग पराजित हुनुभएको छ । लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बाबुराम भट्टराईले भने गोरखा २ मा बाम गठबन्धनका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठ लाइ हराउनुभयो । २०४८ यताका सबै चुनावमा जितेका विजयकुमार गच्छदारलाई बाम गठवन्धनकी भगवती चौधरीले पछाडि पार्नु भएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.