बाम गठबन्धनले प्रत्यक्ष तर्फ दुइ तिहाइ बहुमत ल्याउँदै, काँग्रेसको परिणाम लज्जास्पद

                              

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाम गठबन्धनको लहर देखिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा एमाले निकै ठुलो अन्तरले अघि छ । माओवादी केन्द्र दोश्रो स्थानमा रहँदा नेपाली काँग्रसको लज्जाजनक परिणाम देखिएको छ । तराइ क्षेत्रमा संघीय समाजवादी फोरम र राजपा नेपालका नेताहरु अघि छन् । एमाले र माओवादी केन्द्र सहितको गठबन्धनको प्रत्यक्ष तर्फ दुइ तिहाइ पुग्ने र समग्रमा स्पष्ट बहुमत आउने देखिएको छ । पछिल्लो मत परिणाम हेर्दा एमाले एक्लैले अरु सवैको भन्दा धेरै सिट जितेको छ । अहिलेसम्म ८८ सिटको मत परिणाम सार्वजनिक हुँदा नेकपा एमालेले ५० सिट एक्लै जितेको छ । यसैगरी माओवादी केन्द्र १६, नेपाली काँग्रेस १२ र राजपा तथा सघीय समाजवादी फोरमले ३।३ सिट जितेका छन ।
अहिलेसम्म सवैभन्दा धेरै मत दोलखामा एमालेका पार्वत गुरुङले ल्याउनुभएको छ । उहाँले ५५ हजार ९ सय ५४ मत सहित विजयी हुनुभएको छ
ताप्लेजुङ क्षेत्र नम्बर १ बाट एमालेका योगेश भट्टराई २९ हजार ४ सय ७९ मतसहित विजयी हुनु भएको छ । ओखलढंगामा नेकपा एमालेका यज्ञराज सुनुवार विजयी हुनु भएको छ । उहाँको निकटतम प्रतिद्धन्द्धी कांग्रेसका रामहरी खतिवडा पराजित हुनुभयो ।
मोरङ क्षेत्र नम्बर ३ बाट नेकपा एमालेका नेता भानुभक्त ढकाले ४२ हजार ४ सय १३ मतसहित विजयी हुनुभएको छ । जाजरकोटमा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत ३२ हजार २ सय ८१ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिष्पर्धी काँग्रेसका राजीवविक्रम शाहलेले २३ हजार २ सय ८९ मत पाउनुभयो ।
बाग्लुङ क्षेत्र नम्बर १ मा नेकपा एमालेका सूर्य पाठक ३३ हजार ६ सय ५५ मत प्राप्त गरी विजयी हुनुभएको छ । यस्तै बागलुङ क्षेत्र नम्बर २ बाट माओवादी केन्द्रका देवेन्द्र पौडेल २८ हजार ८ सय २७ मतले विजयी हुनुभएको छ उहाँका निकटतम प्रतिद्धन्दी केशब दाहालले १६ हजार ८ सय ८८ मत प्राप्त गर्नुभएको छ ।
रुकुम पश्चिममा नेकपा माओवादी केन्द्रका जनार्दन शर्मा ३४ हजार ४ सय २ मतसहित विजयी हुनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.