प्रत्यक्षमा वाम गठबन्धनलाइ दुइ तिहाइ, एमालेलाइ एक्लै ८० सिट, माअाेवादी दाेश्राे, काँग्रेस तेश्राे

काठमाडौं, मंसिर २७ । २०७४ मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यतर्फको मतगणना कार्य सम्पन्न भएकोछ ।

प्रतिनिधिसभाको सुनसरी निर्वाचन क्षेत्र नं. ३ को मतगणना कार्य बुधबार बिहान सकिएपछि प्रतिनिधिसभाको सबै १६५ वटै निर्वाचन क्षेत्रको मतगणना कार्य सम्पन्न भएको हो ।

निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त जानकारी अनुसार, प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ३३० वटै निर्वाचन क्षेत्रको मतगणना कार्य समाप्त भइसकेको छ ।

हालसम्म प्राप्त विवरण अनुसार, प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ नेकपा (एमाले) का ८०, नेकपा (माओवादी केन्द्र) का ३६, नेपाली काँग्रेसका २३, राष्ट्रिय जनता पार्टी, नेपालका ११ र संघीय समाजवादी फोरम, नेपालका १० प्रतिनिधि निर्वाचित हुनुभएको छ ।

यसैगरी, नयाँ शक्ति पार्टी, नेपालका १, नेपाल मजदूर किसान पार्टीका १, राष्ट्रिय जनमोर्चाका १ र राष्ट्रिय प्रजातन्त्र पार्टीका १ प्रतिनिधि तथा स्वतन्त्र १ निर्वाचित हुनुभएको छ ।

प्रतिनिधिसभातर्फ ६ जना महिला निर्वाचित हुनुभएको छ । यसैगरी, प्रदेशसभातर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ नेकपा (एमाले) का १६८, नेकपा (माओवादी केन्द्र) का ७३, नेपाली काँग्रेसका ४१, संघीय समाजवादी फोरम, नेपालका २४, राष्ट्रिय जनता पार्टी, नेपालका १६, स्वतन्त्र ३, नयाँ शक्ति पार्टी नेपालका २, राष्ट्रिय जनमोर्चाका २, नेपाल मजदुर किसान पार्टी १ जना निर्वाचित हुनुभएको छ । प्रदेशसभातर्फ १७ जना महिला उम्मेदवार विजयी हुनुभएको छ ।

यस्तै, प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना जारी छ । आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त पछिल्लो विवरण अनुसार, हालसम्म ५६ लाख ८९ हजार ८५९ मतगणना सम्पन्न भएको छ ।

जसअनुसार, नेकपा एमालेले १९ लाख ८९ हजार ५०० मत, नेपाली काँग्रेसले १९ लाख ४ हजार २०८, नेकपा (माओवादी केन्द्र) ले ७ लाख ६८ हजार ३७८, संघीय समाजवादी फोरम, नेपालले २ लाख ५२ हजार ६९८, राष्ट्रिय जनता पार्टी, नेपालले १ लाख ८९ हजार २०४, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ३२ हजार ५००, विवेकशील साझा पार्टीले १ लाख २३ हजार ६२, नयाँ शक्ति पार्टी, नेपालले ५६ हजार ५८४, राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक) ले ४४ हजार १७५ र राष्ट्रिय जनमोर्चाले ३५ हजार ९७ र अन्य दलले १ लाख ९४ हजार ४५३ मत प्राप्त गरेका छन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.