सत्ता लम्बाउने खेल काग्रेसकै लागि घातक , पुस महिनामै ओलीको नेतृत्वमा सकारः ज्ञवाली

बुटवल, ३ पुष
नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले यहि पुस महिनामा नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुने बताएका छन् । गुल्मी क्षेत्र नम्बर १ बाट नव निर्वाचित प्रतिनिधि सभा सदस्य समेत रहेका ज्ञवालीले केन्द्रीय सरकार पुर्णरुपमा बाम गठबन्धनको बहुमतीय सरकार निर्माण हुने जानकारी दिदै देशका ७ वटा प्रदेश मध्ये ६ वटा मा पनि बाम गठबन्धनको बहुमत सरकार गठन हुने बताएका छन् । सोमबार नेकपा एमाले गुल्मी रुपन्देही सम्पर्क मञ्चले बुटवलमा आयोजना गरेको बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेता ज्ञवालीले पुस महिनामा नै पार्टी एकता हुने जानकारी दिए । उनले भने–‘पार्टी एकिकरण हुने कुरामा कुनै शंका नगर्नको लागि मैले सबैमा आग्रह गर्दछ ु ।’ एमाले र माओवादी केन्द्रको विचमा पार्टी एकताको एजेन्डा जनताको एजेन्डा भएको भन्दै उनले जनताको माग अनुसार नै पार्टी एकता हुने जानकारी दिए ।
पछिल्लो समयमा नेपाली काग्रेसले सत्ता लम्बाउने खेल रचेको भन्दै नेता ज्ञवालीले संविधानमा नै परिकल्पना नभएको कुरालाई बखडाको रुपमा लिएर सत्ता लम्बाउने खेल भएको जुन काग्रेसकै लागि घातक भएको धारणा राखे ।
गुल्मी जिल्ला कृषिको आधुनीकरण र पर्यटनको प्रसार प्रसारबाट विकास संभव भएको भन्दै उनले कफि खेती अनुसन्धान केन्द्र स्थापनाबाट कृषिमा आधुनीकरणको सुरुवात भएको धारणा राखे । गुल्मी जिल्लाको रुरुधाम, रेसुङ्गा क्षेत्र लगायतको प्राप्त मात्रामा विकास गर्न सकेकमा गुल्मी समृत हुने उनको धारणा रहेको छ । कार्यक्रममा रुपन्देही क्षेत्र नम्बर २(२)का प्रतिनिधि सभा सदस्य लिला गिरी, गुल्मी क्षेत्र नम्बर १(१)का प्रतिनिधीसभा सदस्य कमलराज श्रेष्ठ, नेकपा एमाले रुपन्देही गुल्मी मञ्चका अध्यक्ष हिराध्वज शाह, गुल्मी रुपन्देही सम्पर्क मञ्चका अध्यक्ष देवराज खनाल लगायतले बोलेको कार्यक्रमको संचालन संपर्कमञ्चका,सचिव,प्रकाश,भट्राईले,गरेका,थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.