एलबिटि सम्मेलन सुरु, यौनिक अल्पसंख्यकलाई कानुनी संरक्षणको आवश्यकता छ ः अन्सारी

काठमाडौं । पुस ५ । राष्ट्रिय मानवअधिकार आयोगले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको समस्या राज्यले नै बुझ्न नसकेको वताएको छ । नील हिरा समाजले काठमाडौंमा सुरु गरेको दुई दिने एलविटि सम्मेलनमा आयोगकी प्रवक्ता मोहना अन्सारीले परिवार, समाज र राज्यले यौनिक अल्पसंख्यकलाई बुझ्न नसकेको वताएकी हुन् । मान्छे भनेको मानव हो उनले भनिन्, मानव भएर जन्मेपछि फरक गर्नु पर्ने थिचो मिचो गर्नु पर्ने ठाउा नै छैन । प्रवक्ता अन्सारीले आफ्नो मुद्धालाई बुझाउन समुदायलाई सुझाव दिइन ।

समावेशीकरणलाई चुनौतीको रुपमा हेर्नु पर्छ र त्यसलाई अवसरको रुपमा लिनु पर्ने उनको भनाई छ । स्थानीय तहले नीति बनाउदाा यो समुदायलाई बाहिर राखेर नीति बनाउने अन्सारीले भनिन, युपिआरको रिपोर्ट वनाउदाा यौनिक तथा लैंगिक अल्पसंख्यकलाई हिंसा हुने छैन भनेर प्रतिवद्धता जनाउने कि नजनाउने ? उनले यो समुदायका लागि कानुनको अभाव रहेको वताइन । संविधानले विभेद रहित समाजको कुरा गरेको भन्दै उनले त्यो अनुसारको कानुन बनाउनु पर्ने वताइन । कानुनी रुपमा संरक्षण आजको आवश्यकता र त्यो राज्यले प्रदान गर्नुपर्ने अन्सारीको भनाई छ । आयोगकी प्रवक्ता अन्सारीले कुनै पनि नागरिकलाई विभेद गर्न नपाइने वताइन । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय विभेदको शिकार हुन नहुने भन्दै अन्सारीले विभेद अन्त्यका लागि राज्यले जनचेतना जगाउनु पर्ने वताइन ।

पूर्व मिस नेपाल माल्भिका शुव्वाले यौनिक तथा लैंगिक अल्पसंख्यक आफ्नो दोस्रो परिवार रहेको वताइन । आफ्नो बेष्ट प|mेण्ड समलिंगी रहेको भन्दै सहज वातावरणका लागि तातिने वेला आएको वताइन । सुनिलबाबु पन्तले सुरु गरेको क्रान्ति यहाासम्म आएको भन्दै शुब्बाले अब क्रान्तिलाई उत्कर्षमा पुर्याउन सुझाव दिइन । उनले समलिंगी विवाहलाई कानुनी मान्यता दिनु पर्ने धारणा राखिन ।

महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका उपसचिव भरतराज शर्माले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायसाग सहकार्य गरेर काम गरिरहेको वताए । उनले समुदायका लागि सरकारी तवरबाट हुने कामको गति सुस्त भएको स्वीकार गर्दै सबै एकै ठाउामा उभिएर तिव्रता दिनुपर्ने सुझाव दिए । नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले एलविटि समुदाय अझै पनि खुलेर आउन नसकिरहेको वताइन । उनले विपरितलिंगीवाद समाजका कारण यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय माथि विभेद भइरहेको वताइन । अध्यक्ष गुरुङले संविधानमा लेखिएका अधिकार लिनका लागि समुदाय उत्सुकताका साथ अगाडि आउनु पर्ने वताइन । महिला एड्भोकेसी ग्रुपकी अध्यक्ष वविता बस्नेतले समलिंगी, तेस्रोलिंगी, अन्तरलिंगी समदुायले अब अवसरको खोजी गर्नु पर्ने वताइन । उनले संचारमाध्यमलाई यो बिषयमा बुझाएर जनचेतना जगाउन सुझाव दिइन ।

महिला अधिकारकर्मी जोस्ना मास्केले यौनिकताको मुद्धा मानवअधिकारको मुद्धा भएको वताइन । उनले व्यक्ति व्यक्तिबीचको विवाहलाई मान्यता दिने गरि कानुन बन्नु पर्ने वताइन । उनले महिला र यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको मुद्धा साग सागै लैजाने काम भइरहेको दावी गरिन । तेस्रोलिंगी अधिकारकर्मी भक्ति शाहले समलिंगी महिला, दुइलिंगी महिला र तेस्रोलिंगी पुरुषलाई घर, परिवार समाजले स्वीकार नगर्दा लुकेर बस्नु पर्ने बाध्यता रहेको वताए । यौन तथा प्रजनन् स्वास्थ्यकाबारे स्वास्थ्यकर्मीहरुलाई नै चेतना जगाउनु पर्ने शाहले वताए । दुई दिने सम्मेलनमा देशभरका झण्डै दुई सय जना समलिंगी महिला, दुईलिंगी महिला र तेस्रोलिंगी पुरुषको सहभागिता रहेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.