तिलोत्तमा नगरमा छाडा चौपाया नियन्त्रण अभियान

तिलोत्तमा, पुस ५ । तिलोत्तमा नगरपालिकामा छाडा चौपाया नियन्त्रण अभियान सुरु
गरिएको छ । छाडा चौपायाका कारण सडक दुर्घटना बढ्नुका साथै बालीनाली,
सडक हरियाली, वन-जंगलमा नोक्सानी भैरहेकाले छाडा चौपाया नियन्त्रण अभियान
थालिएको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिए ।
गौशाला सञ्चालनमा रहे पनि छाडा चौपायालाई त्यहाासम्म पुर्याउन समस्या
भैरहेको बेला नगरपालिकामा बुधबारबाट छाडा चौपाया नियन्त्रण अभियान सुरु
गरिएको हो । शंकरनगर र करहिया सामुदायिक वनको चार विगाहा क्षेत्रफलमा
गौशाला सञ्चालनमा रहेको छ ।
छाडा चौपायालाई गौशालासम्म पुर्याउन नगरपालिका र गौशाला व्यवस्थापन
समितिको सहकार्यमा नगर क्षेत्रमा छाडा चौपाया व्यवस्थापन अभियान सुरु गरिएको
हो । नगर प्रमुख घिमिरेले यो अभियान तीव्रताका साथ सञ्चालन गरिने बताउादै
अभियानमा आ-आफ्नो क्षेत्रबाट सहयोग पुर्याउन सम्पूर्ण नगरबासीमा आग्रह
गरे ।
अभियानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न युवा क्लवलगायत स्थानीय
बासिन्दाहरुको सहभागिता छ । बुधबार मणिग्राम क्षेत्रबाट ३८ वटा छाडा
चौपायालाई नियन्त्रणमा लिइएको गौशाला व्यवस्थापन समितिका सचिव खिमलाल
पाण्डेले जानकारी दिए । नियन्त्रणमा लिइएका चौपायालाई गौशालामा पुर्याइने
उनले बताए ।
यसैबीच तिलोत्तमा नगरपालिकाले पालिएका गाईबस्तु छाडा रुपमा नछाड्न सम्पूर्ण
पशुपालक किसानहरुलाई अनुरोध गरेको छ । नगरपालिकाको अनुरोधलाई
वेवास्ता गरी गाईबस्तुलाई सडक वा वनमा छोडेको पाइएमा प्रचलित
कानुनअनुसार कारवाही हुने छाडा चौपाया नियन्त्रण अभियानका संयोजक कृष्ण
पौडेलले बताए । नगरपालिकाले पालिएका चौपायाको बीमा गराउन पशुपालक
किसानहरुको ध्यानाकर्षण गराएको छ । प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद
सापकोटाले तिलोत्तमामा पशुको बीमा गर्दा लाग्ने शुल्कको आधा रकम
व्यहोर्ने नीति लिइएकाले यसबाट समेत थप लाभ उठाउन सम्पूर्ण किसानहरुलाई
आग्रह गरे ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.