समानुपातिक तर्फ प्रदेशसभामा एमालेलाई सवैभन्दा धेरै सिट, काँग्रेस दोश्रो

बुटवल । पुस ७ । समानुपातिक तर्फ प्रदेश सभाको मत परिणाम अनुसार नेकपा एमालेले सवैभन्दा धेरै सिट पाएको छ । प्रदेशसभामा १३ दलले मान्यता पाएका छन ।
निर्वाचन आयोगले शुक्रबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको दलहरुले प्राप्त गरेको मत र सिट अनुसार एमालेले ७५ सिट पाएर पहिलो स्थानमा छ ।
यसैगरी नेपाली कांग्रेसले ७२, नेकपा माओवाोदी केन्द्रले ३५, संघीय समाजवादी फोरमले १३, राष्ट्रिय जनता पार्टी नेपालले १२ सिट पाएका छन् ।
यस्तै राप्रपा र विवेकशील साझा पार्टी ३/३, जनमोर्चाले २ र नयाँ शक्तिले १ सिट पाएको निर्वाचन आयोगले जनाएको छ ।
प्रदेशगत रुपमा प्रदेश नम्वर १ मा एमालेले १५, कांग्रेसले १३ र माओवादी केन्द्रले ५ सिट प्राप्त गरेका छन् ।
यसैगरी संघीय समाजवादी फोरमले ३, राप्रपाले १ र संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चले १ सिट पाएका छन् ।
प्रदेश नम्बर २ मा भने कांग्रेस ११ सिट पाएर पहिलो भएको छ भने राजपाले १०, संघीय समाजवादी फोरमले ९ सिट पाएका छन् । एमालेले ७ सिट तथा माओवादी केन्द्रले ५ सिट पाएका छन भने नेपाल संघीय समाजवादी पार्टीले १ सिट पाएको छ ।
प्रदेश नम्बर ३ मा एमालेले सबैभन्दा बढि १६ सिट पाएको छ । त्यस्तै कांग्रेसले १४, माओवादीले ८, विवेकशील साझा पार्टीले ३ सिट पाएका छन् । नेमकिपा, राप्रपा र राप्रपा प्रजातान्त्रिकले पनि एकएक सिट पाएको छ ।
प्रदेश नम्बर ४ मा एमालेले १०, कांग्रेसले ९, माओवादीले ३ र राष्ट्रिय जनमोर्चा तथा नयाँ शक्तिले एक एक सिट पाएका छन् ।
प्रदेश नम्बर ५ बाट एमालेले १३, कांग्रेसले १२, माओवादीले ६ सिट जितेका छन् । त्यस्तै संघीय समाजवादीले २, राजपाले १, राष्ट्रिय जनमोर्चाले १ सिट पाएका छन् ।
प्रदेश नम्बर ६ मा एमालेले ६, कांग्रेसले ५,माओवादीले ४ सिट पाएका छन् । सो प्रदेशबाट राप्रपाले पनि एक सिट पाएको छ ।
प्रदेश नम्बर ७ बाट एमाले र कांग्रेसले बराबरी ८/८ सिट पाएका छन् । माओवादीले ४ सिट पाएको छ भने राजपाले एक सिट पाएको छ ।
समानुपातिकतर्फ सातै प्रदेशमा गरि कुल २२० सिट छ । निर्वाचनमा पाँच लाख भन्दा धेरै मत खेर गएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.