मुटु अस्पताललाई स्तरवृद्वि र जग्गा प्राप्तीका लागी पहल गर्छु ,गीरी

बुटवल, पुस १० ।
बुटवलको रामनगरमा सञ्चालित गौतमवुद्ध सामुदायिक मुटु अस्पतालको पांचौ वार्षिक साधारणसभा तथा स्थापना दिवस सम्पन्न भएको छ । अस्पतालको वार्षिक साधारणसभा कार्यक्रममा बोल्ने वक्ताले अस्पताललाई थप व्यवस्थित गरी स्तरवृद्विका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मुटु, दम र मिर्गौलाका विरामीहरुलाई उपचारको लागि बुटवल बाहिर जान नपर्ने गरी मुटु अस्पताललाई स्तरवृद्वि गर्नुपर्ने उनीहरुले बताए । उनिहरुले यस क्षेत्रका बिरामीहरुका लागि मुटु अस्पताल बरदान बनेको बताए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवं रुपन्देही क्षँेत्र नं. २ प्रदेशसभा १ का सदस्य लिला गिरीले मुटु अस्पताल स्थापनापछि यसक्ष्ँोत्रका हज्जारौ विरामीहरुले सहज र सुलभ उपचार सेवा प्राप्त गरेको उल्लेख गर्दै अस्पतालका लागि आवश्यक पर्ने जग्गा उपलब्ध गराउन नेपाल सरकारसंग पहलगर्ने प्रतिवद्वता व्यक्त गरे । उनले सबैको हितमा मुटु अस्पताललाई नमुनाको रुपमा विकास गर्न आफ्नो क्षेत्रबाट सक्दो पहल गर्नुपर्ने बताए । गिरीले समुदायबाट संचालित मुटु अस्पताललाई पांच नंं प्रदेशको सुविधासम्पन्न अस्पतालको रुपमा विकास गर्नको लागि सबैको पहल आवश्यक रहेको बताए । अस्पतालका अध्यक्ष एजाज आलमले जग्गा अभावमा अस्पतालले आफ्नो क्षमता अनुसारको सेवा विस्तार गर्न नसकेको भन्दै सरकारसंग प्रस्ताव गरिएको जग्गा प्राप्तीको लागि सबैले पहल गर्नुपर्ने बताए । उनले मुटुका विरामीहरुलाई सेवा दिने उद्देश्यले स्थापना गरिएको अस्पतालमा विरामीहरुको आवश्यकतालाई मध्यनजर गर्दै दम, मिर्गौला र क्याथल्याब सेवा समेत संचालन गरिएको उल्लेख गर्दै छोटो समयमै क्याथल्याबबाट यसक्ष्ँेत्रका सयौं विरामीहरुले सहज सेवा प्राप्त गरेको बताए । कार्यक्रममा अस्पतालका निर्देशक वरिष्ठ मुटुरोग विशेषज्ञ डा. समिर गौतमले ग्रामिण क्षेत्रका नागरिकहरु स्वास्थ्यको पहुंचबाट टाढा रहेको बताउंदै नागरिकको स्वास्थ्यसेवाको लागि राज्य गम्भीर हुन जरुरी रहेको बताए । कार्यक्रममा प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठ, दधिराम न्यौपाने, जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक एकराज विक, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, नेपाली कांगे्रस बुटवल नगर सभापति खेलराज पाण्डे, रुपन्देही उद्योग संघका अध्यक्ष दिनेशराज रेग्मी, रुपन्देही व्यापार संघका अध्यक्ष मोतीलाल पाण्डे, पत्रकार महासंघका उपाध्यक्ष दिनेश पाण्डे, रोटरी क्लव अफ बुटवल डाउन टाउनका अध्यक्ष जीवन अधिकारी लगायतले आआफ्नो भनाई राखेका थिए । अस्पतालका अध्यक्ष एजाज आलमको अध्यक्षता, सहसचिव बाबुराम बोहोराको सञ्चालनमा भएको कार्यक्रममा रामप्रसाद बस्यालले धन्यबाद ज्ञापन गरेका थिए । साधारणसभा तथा स्थापना दिवसको अवसरमा अस्पतालका सम्मानित सदस्य, विशिष्ट सदस्य, संस्थापक सदस्य, आजीवन सदस्यहरुका साथै अस्पतालालाई सहयोग पुराउने व्यक्तित्व र उत्कृष्ट पांच जना कर्मचारीलाई सम्मान गरिएको छ ।

 

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.