तमु ल्होछारमा साताव्यापी कार्यक्रम हुने

बुटवल, १० पुस–तमु ह्युल छोंज धिं राष्ट्रिय गुरुङ्ग परिषद् रुपन्देहीको आयोजानामा तुम जातिको महान पर्व ल्होसारको अवसमरमा साप्ताहव्यापी कार्यक्रम हुने भएको छ । यहि पुस १५ गते परेको तमु ल्होसारको अवरमा परिषदको आयोजनामा पौस ११ गते विभिन्न स्थानहरुमा सरसफाई कार्यक्रम हुने भएको हो । रुपन्देहीका विभिन्न ३१ वटा स्थानमा सरसफाई कार्यक्रम आयोजना गरिएको छ । सप्ताहव्यापी कार्यक्रम बारे आयोजना गर्न गरिएको पत्रकार सम्मेलनमाल पषिद्की अध्यक्ष विमला गुरुङ्गले पुस १२ गते देवदह मेडिकल कलेज, भिम अस्पताल भैरहवा, क्रिमशन अस्पताल, लुम्बिनी अञ्चल अस्पताल र एक आश्रममा फलफुल वितरणको कार्यक्रम आयोजना गरिएको जानकारी दिईन् ।
यस्तै पुस १३ गते शुक्रवार वृहत जचेतनामुलक शान्ती ¥याली समेत आयोजना गरिएको छ । यस्तै १४ गते रक्तदान कार्यक्रम र १५ गते वृहत तमु ल्होसार पर्वको अवसरमा मुल कार्यक्रम आयोजना गरिएको छ । तमु हरुको महान पर्वको अवसरमा आयोजना गरिएको मुल कार्यक्रममा जननिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान समेत कार्यक्रम आयोजना गरिएको परिषद्का रुपन्देही सचिव ओम प्रकाश तमूले जानकारी दिए । यस्तै पुस १७ गते ल्होसार पर्वकै अवसरमा ल्होसार साँझ समेत आयोजना गरिएको छ । विभिन्न राष्ट्रिय स्तरका कलाकारहरुको सहहभागीतमा बुटवल–१२ रामनगरमा रहेको परिषद्का् परिषरमा सास्कृतीक कार्यक्रम आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
यस्तै सोही कार्यक्रममा तमुहरुको विशेष मुख पत्र ‘छोजं धी’ नामा पत्रिका संस्थाका बरिष्ठ समाजसेवी तथा पुर्व केन्द्रीय संरक्षण समितिका अध्यक्ष शेर बहादुर तमु, संरक्षण समितिका अध्यक्ष टेक बहादुर तमु, जिल्ला अध्यक्ष मिला तमु, बरिष्ठ उपाध्यक्ष राम बहादुर तमु ले विमोचन गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका कोषाध्यक्ष स्वतिक श्रेष्ठ, तमुह ह्युलका केन्द्रीयसदस्य धन बहादुर तमु लगायतले बोलेका थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.