पुनर्निर्माणको काम उत्साहजनक रुपमा अघि बढेको दावी

बुटवल । पुस १२ । राजनीतिक हस्तक्षेपको चपेटामा परेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणको काम उत्साहजनक रुपमा अघि बढेको दावी गरेको छ ।

गठन भएको दुइ बर्ष पुरा भएको सन्दर्भमा बुधवार भएको समिक्षा बैठकमा प्राधिकरणले असार सम्ममा ६० प्रतिशतले घर बनाइसक्ने बताएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले नीजि घर ४६ प्रतिशत, सम्पदा ५२ प्रतिशत र विद्यालय ४९ प्रतिशत पुनर्निर्माण भएको बताउनुभएको छ ।

तर त्यो तथ्याकं बास्तविक भने छैन । भूकम्पबाट प्रभावित ३१ जिल्लामा ७ लाख ६७ हजार परिवारको घर भत्किएमा अहिलेसम्म २ लाख ७३ हजार पीडितले मात्र घर बनाएका छन् । अथवा २ तिहाइ भन्दाबढीले घर बनाउन शुरु नै गरेका छैनन ।

भूकम्पबाट घर भत्किएपछि ५ लाख परिवार अझै टहरामा बस्न बाध्य छन् । यो पिडितको तेश्रो टहरामा विताएको जाडो हो । २ वर्षमा ३ जना सीइओ फेरिए । तर पिडितको अवस्था फेरिएको छैन ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.