कौशीमा घाम ताप्दै ओली र दाहालले गरे एकता अघि बढाउने सहमति

काठमाडौ । पुस १२ । पार्टी एकता र नयाँ सरकार गठनबारे वाम गठबन्धनबीच खटपट देखिएको चर्चा भैरहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच पार्टी एकता अघि बढाउने सहमति भएको छ ।

ओली निवास बालकोटमा बधुवार भएको छलफलमा राजनीतिक वातारण मिलाएर एकता अघि बढाउने सहमति भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । दुवै नेतावीच कौशीमा घाम तापेर झण्डै एक घण्टा वान टु वान वार्ता भएको थियो ।

उहाँहरुबीच पार्टी एकता तथा सरकार गठनबारे ठोस अधारणा बनाएर अघि बढने समझदारी पनि भएको छ । त्यसका लागि एकदुई दिनभित्रै पार्टी एकता संयोजन समितिको बैठक बोलाइने छ ।

ओली र दाहालले प्रतिनिधिसभाको समानुपातिक तर्फको मतपरिणाम सार्वजनिक छिटो गरेर सरकार गठनको वातावरण वनाउन निर्वाचन आयोगलाई समेत आग्रह गरेका छन् ।

दाहाल चारदिनको चितवन बसाइ पछि मंगलवार काठमाडौ आउनुभएको थियो । तर दुइ नेताबीच छलफल हुन सकेको थिएन ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.