तेस्रो दक्षिण एशियाली अन्तराष्ट्रिय करातें तथा किकबक्सिङ्ग दिल्लीमा सुरु नेपालका २१ खेलाडी सहभागि

 

नया दिल्ली,पुष १३

भारतको राजधानी नँया दिल्लीमा बिहीबार देखि तेस्रो दक्षिण एशियाली अन्तराष्ट्रिय करातें तथा किकबक्सिङ्ग च्याम्पीयनसीप प्रतियोगिता सुरु भएको छ । सो प्रतियोगितामा नेपालको तर्फबाट जापान गोजुरीयो कराते डु मिशन संघका २१ खेलाडी सहभागी छन् ।

प्रतियोगितामा प्रतिष्पर्धा गर्ने खेलाडीहरुमा १२ वर्ष उमेर समुहमा २५ केजी तर्फ शाहिल गुरुंग प्रियंका थापा ( ४० केजी ) , प्रशान्त थापा ( ३० केजी ) र प्रसुन शाही ( ३५ केजी) रहेका छन् ।

यसैगरी १४ वर्ष उमेर तर्फको समुहमा बिपिन गुरुंग (३५ केजी ),कृतिमा गौतम (४० केजी ) , रिजन पाण्डे ( ४० केजी ) , शिबम बस्नेत ( ५० केजी ) र एलिसा घिमिरे (४० केजी ) रहेका छन् । यसैगरी १७ वर्ष उमेर समुहमा प्रतिसपर्धा गर्ने खेलाडीहरुमा रोशन राना (५० केजी) , सुमन परियार (६० केजी ) , कनिश्क राना (५५ केजी ) , सिबानी बस्नेत ( ४५ केजी ) , विपना जिएम (५५केजि) र सुस्मा पाण्डे (५० केजी ) छन् । त्यस्तै १९ बर्ष मुनि ७० केजी तौल समुहमा मेख बहादुर घर्ती मगर छन् । सिनीयर तर्फ खुल्ला उमेर समुहमा राजकुमार हरिजन(४५ केजी), बिपिन राना (५० केजी) , सन्तु चौधरी (५५केजी) र सञ्जय चौधरी (७० केजी) रहेका छन् । नेपाली खेलाडीहरुले एकल काता, पुमिते, टिम काता, टिम कुमिते तथा किक बक्सिंग प्रतिष्पर्धा गर्ने मुख्य प्रशिक्षक तथा जापान गोजुरीयो कराते डु मिशन संघ नेपालका अध्यक्ष केबिराना(काजी) ले बताए । नेपाली खेलाडीको खेल शुक्रबार र शनिबार हुनेछ ।

नेपाली खेलाडीहरुलाई २ हप्ताको बन्द प्रशिक्षण शिबिरमा तालिम दिईएको र बिगतका प्रतियोगिताहरुमा पनि भारतमा उत्कृष्ट नतिजा ल्याएका अनुभबी खेलाडी टीममा रहेकाले प्रतियोगितामा राम्रो नतिजा ल्याउने टिम ब्यबस्थापक एबं जापान गोजुरीयो कराते डु मिशन संघका सचिब गिरी प्रसाद पुनले बताए ।

दिल्लीको मौसम अहिले राम्रो रहेका,े त्यति बढी चिसो नभएको र नेपाली खेलाडीहरुको शारिरीक स्वस्थ अबस्था राम्रो रहेकोले राम्रो प्रदर्शन सहित सफलता पाउने टिम संयोजक एबं संयोजक एबं जापान गोजुरीयो कराते डु मिशन संघ रुपन्देहीका अध्यक्ष उमेश थापा मगरले बताए ।
मार्शल आर्टस स्कुल एशोसियसन अफ ईन्डियाको आयोजनामा भएको प्रतियोगिताको पहिलो दिन उदघाटन समारोह भएको छ । दिल्ली क्षेत्रका लोकसभा सदस्य तथा भारतीय जनता पार्टीका नेता मनोज तिवारीले उद्घाटन गरे ।

पहिलो दिननै भारतीय खेलाडीहरु बिच राष्ट्रिय छनौट प्रतियोगिता भएको छ । छनौटका बिजेता भारतिय खेलाडी हरु अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने आयोजक सस्था तथा नेशनल कराते फेडरेशन अफ ईन्डियाका सस्थापक एबं महासचिब राजु थापाले बताए । भव्य सास्कृतिक कार्यक्रम सहित भएको उदघाटन सत्रमा आयोजकले नेपालको राष्ट्रिय झण्डा सहित प्रतियोगितामा सहभागी मुलुकहरुको झण्डा फहराएका थिए ।
दिल्ली स्थित तालकटोरा ईन्डोर स्टेडियममा सुरु भएको प्रतियोगितामा आयोजक भारत सहित नेपाल, श्रीलंका, भुटान, बंगलादेश र मालदिभ्सका गरी २ सय बढी खेलाडी सहभागी रहेको आायोजकको भनाई छ ।

 

 

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.