हरियाली प्रवद्र्धन कार्यक्रममा सहकार्य गर्ने प्रतिबद्धता

 

तिलोत्तमा, पुस १४ । तिलोत्तमा नगरपालिकामा रहेका बैंक तथा वित्तीय संस्थाहरुले
नगरपालिकाले सञ्चालन गरेको हरियाली प्रवद्र्धन कार्यक्रममा सहकार्य गर्ने
प्रतिबद्धता जनाएका छन् । शुक्रबार भएको बैठकमा बैंक तथा वित्तीय संस्थाका
प्रतिनिधिहरुले हरियाली प्रवद्र्धन कार्यक्रमलाई नगरपालिकासँग मिलेर सक्दो
सहयोग पुर्याउने प्रतिबद्धता जनाएका हुन् ।
बैठकमा नगरपालिकाले पाक्षिक रुपमा सञ्चालन गर्ने नगर सरसफाई अभियानलाई
प्रभावकारी रुपमा सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थाहरुको पनि सहभागिता
बढाउने निर्णय भएको छ । तिलोत्तमा नगरपालिकाले हरेक महिनाको १ र १५ गते
नगर सरसफाई कार्यक्रम सञ्चालन गर्दै आएको छ । शनिबार सिद्धार्थ राजमार्गको
नयाँमिल चोकमा सरसफाई कार्यक्रम हुँदैछ ।
यस्तै बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो कार्यालय वरिपरी वा अगाडीको
भागमा नगरपालिकासँग समन्वय गरेर उपयुक्त जात र ढाँचाका विरुवाहरु रोप्ने
निर्णय पनि बैठकमा भएको छ । यस्तै बुटवल–बेलहिया सिक्सलेन सडकसँग जोडिएका
बैंक तथा वित्तीय संस्थाहरुले उपयुक्त स्थानमा गार्डेनिङ गर्ने निर्णय पनि बैठकले
गरेको छ ।
बैठकमा नगर प्रमुख बासुदेव घिमिरेले सबैको सहयोग र सहकार्यबाट मात्र
हरियाली प्रवद्र्धन कार्यक्रम दीगो हुने बताए । बैठकमा नगर उप–प्रमुख जागेश्वरी
चौधरी, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले नगरपालिकाले
सञ्चालन गरेको सरसफाई अभियान र हरियाली प्रवद्र्धन कार्यक्रमका बारेमा बैंक
तथा वित्तीय संस्थाका प्रतिनिधीहरुलाई जानकारी गराएका थिए ।
बैठकमा एनएमबी, मिसन, पूर्णिमा, एनआईसि एशिया, नेपाल एसबिआई, नबिल,
नेपाल वाणिज्य, नेपाल बैंक, तिनाउ, जनतालगायतका बैंक तथा वित्तीय संस्थाका
प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.