पाँचवटा संस्थाको संयुक्त अधिबेशन सम्पन्न, श्रेष्ठ संयुक्त अध्यक्ष सर्बसम्मत, महिला समितिमा पौडेल

 

बुटवल, १५ पुष । रुपन्देहि जिल्लामा शैक्षिक क्षेत्र, सामाजिक सेवा तथा धार्मिक जागरण लगाएत बिभिन्न क्षेत्रमा बिगत लामो समयदेखि क्रियाशिल बुटवलका पाँचवटा संस्थाको अधिबेशन संयुक्त रुपमा सम्पन्न भएको छ । बिश्व हिन्दु महासंघ रुपन्देहीको १८ औं, श्री नवजागृती पुस्तकालयको ५० औं, सिद्धबाबा दुर्गाभवानी शिवकुमारी सैंजु बृद्धाश्रमको ८ औं, नवजागृती सामाजिक भवन ट्रष्टको १० औं र बिश्व हिन्दु महिला संघ रुपन्देहीको ११ औं अधिबेशन आज एकैसाथ सम्पन्न भएको हो ।
सो संयुक्त अधिबेशनले यसअघि चारवटा संस्थाका संयुक्त कार्यबाहक अध्यक्ष रहेका महेश्वर प्रसाद श्रेष्ठलाई सर्बसम्मत रुपमा अध्यक्ष चयन गरिएको छ भने महिला समितिमा यसअघिकै अध्यक्ष अम्बिका पौडेल क्षेत्रीलाई पनि पुनः सर्बसम्मत अध्यक्ष बनाईएको छ । पाँचवटै समितिका पदाधिकारी तथा सदस्य चयन गर्ने जिम्मेबारी नवनिर्वाचित अध्यक्षद्वयलाई दिईएको छ ।
पाँचवटा संस्थाले संयुक्त रुपमा आयोजना गरेको सो कार्यक्रममा बिश्व हिन्दु महासंघ नेपालका केन्द्रिय अध्यक्ष एवं पुर्वमन्त्री रामचन्द्र अधिकारी, पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद ढकाल, बुटवल उपमहानगरपालीका वडा नम्बर ४ का अध्यक्ष टंकप्रसाद पराजुली, बिहिमसंका केस दधिराम शर्मा, समाजसेवी डा.द्वारिका प्रधान, बुटवलका पुर्वमेयर पुनाराम पोखरेल, संस्थाका कावा अध्यक्ष महेश्वर श्रेष्ठ, महासचिव बेनबहादुर पौडेल, महिला समिति अध्यक्ष अम्बिका पौडेल, सचिव सुजिता शेरचन लगाएतले बिभिन्न पाँचवटा संस्थाले बुटवलको सामाजिक बिकासमा पुराएको योगदानको चर्चा गरेका थिए ।

 

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.