रामापिथेकस जिल्ला स्तरीय अन्तरमावि छात्र भलिबल प्रतियोगिता शुरु

जिल्ला स्तरीय अन्तरमावि छात्र भलिबल शुरु
बुटवल, पुस १५ । मदन भण्डारी स्पोर्टस् एकेडेमी क्षेत्रीय कमिटी क्षेत्र नम्बर–२,
रूपन्देहीको आयोजनामा शनिबारदेखि बुटवलमा दोस्रो रामापिथेकस जिल्ला
स्तरीय अन्तरमावि छात्र भलिबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको एक
समारोहका बीच रुपन्देही क्षेत्र नं. २ का प्रदेशसभा सदस्य लिला गिरीले उद्घाटन
गरे । प्रतियोगिताको उद्घाटन खेलमा दीप बोर्डिङ्ग स्कुल विजयी भएको छ ।
कुवरवर्ती बोर्डिङ्ग स्कुललाई २–० को सेटले हराउँदै दिप विजयी भएको हो ।
दोस्रो खेलमा सिद्धार्थ.ई.बार्डिङ्ग स्कुलले कान्ति माविलाई २–० हरायो ।
तेस्रो खेलमा अक्सफोर्ड माध्यमिक विद्यालय विजयी भयो । क्यानन माध्यमिक
विद्यालयलाई २–० को सोझो सेटमा पराजित अक्सफोर्ड दोस्रो चरणमा प्रवेश
गरेको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष एकराज विश्वकर्मा, बुटवल नगरप्रमुख
शिवराज सुवेदी, एकेडेमीका केन्द्रीय उपाध्यक्ष धु्रव आचार्य, प्रदेश संयोजक
मेघराज भट्टराई, नेकपा एमाले जिल्ला सहसचिव गोपाल राना र माओवादी
केन्द्रका नेता जगत पोखरेलले लगायतले बोल्दै यस क्षेत्रको खेलको विकासमा
स्थानीय खेलप्रेमीहरुको महत्वपूर्ण योगदान रहेको बताए । उनिहरुले एकडेमिले खेलकुद को विकासमा उल्लेख्य योगदान पुराएको भन्दै प्रसंशा गरेका थिय ।
प्रतियोगितामा प्रथम टिमले कप, प्रमाणपत्र र मेडलसहित नगद ३० हजार १ सय ११,
द्वितीय टिमले कप, प्रमाणपत्र, मेडल र नगद २० हजार १ सय ११ र तृतीयले कप,
मेडल र प्रमाणपत्रसहित नगद ११ हजार १ सय ११ प्राप्त गर्ने आयोजक कमिटीका
अध्यक्ष मधु भट्टराईले बताए । प्रतियोगितामा बलकर, सेटर, स्पाइकर, डिफेन्डर,
सर्वर र वेष्ट प्लेयरका विद्याका उत्कृष्ट खेलाडीलाई पनि सम्मान गर्ने कार्यक्रम
राखिएको छ । गतवर्ष एभरेष्ट माविले उपाधि चुमेको थियो । बुटवल–७,
दीपनगरस्थित सिद्देश्वर लालकुमारी माविको प्राङगणमा खेलहरु सञ्चालन भएको
थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.