दुर्गा भवानीको रजत महोत्सब सुरु

 

  1. सैनामैना, पुस १५ ।
    सैनामैना १ बनकट्टामा रहेको दुर्गा भवानी माध्यमिक बिद्यालयले रजत महोत्सबको शनिबार उद्धघाटन गरेको छ । सैनामैना नगर प्रमुख चित्र बहादुर कार्किले रजत महोत्सबको उद्धघाटन गर्दै सामुदायिक बिद्यालयले शैक्षिक गुणस्तर बढाउने कार्यक्रम गर्नुपर्ने बताए । दुर्गा भवानी बिद्यालयले गरेका केही कार्य प्रसंसनीय रहेको भन्दै थप प्रगतीका लागि सधैब सहकार्य गर्न तयार रहेको कार्किले बताए ।
    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण पौडेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष केयर सिह गलामी थापाले बिद्यालयमा सबैको उत्साह देखेर खुसी लागेको बताए । कार्यक्रममा जनमैत्री क्यापस काठमान्डौका प्रमुख ज्ञान बहादुर हमाल, सैनामैना माबि प्रद्यानाध्यापक नेत्रलाल पुरी, सैनामैना खानेपानीका उमानन्द घिमिरे, नव सिर्जना आमा समुह अध्यक्ष गंगा खाण लगायतले बोल्दै विभिन्न आरोह अवरोह पार गर्दै २५ वसन्त पारी देशलाइ चाहिने दक्ष जन शक्ति उत्पादन गरेकोमा प्रशंसा गर्दै सफलताको शुभकामना व्यक्त गरे ।
    शिशु कक्षा देखि कक्षा ११ सम्मका विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए । लेखनाथ खनालको स्वागत तथा सुर्य बिक्रम राना र होमनाथ कडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो

। कक्षा १२ उत्तिण बिद्यार्थीको सम्मान तथा अत्तिरिक्त क्रियाकलापमा बिजयी बिद्यार्थीलाई पुरस्कृत गरीएको विद्यालयका प्रिन्सिपल तुल्शीराम शर्माले बताए ।
बिद्यालयले रजत महोत्सब उद्धघाटन गर्नुअघि भब्य प्रभात फेरी सञ्चालन गरेको थियो । बिद्यालयका बिद्यार्थी, शिक्षक अभिभावक सहित स्थानीय आमा समुह, खानेपानी सस्था टोल बिकास सस्थां लगायको उत्साहजनक सहभागितामा प्रभातफेरी गरीएको हो । सैनामैनाका बिभिन्न क्षेत्रबाट निकालिएको प्रभातफेरी बिद्यालयमा प्रबेश गरेपछी कार्यक्रमको उद्धघाटन भएको हो । रजत महोत्सव 18  गते सम्म चल्ने छ ।

 

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.