टोपी दिवस मनाइयो

 

बुटवल,पुस १७। नेपाली टोपीको संरक्षण र संवर्द्धनका लागि भन्दै जनवरी १ मा नेपालमा टोपी दिवस मनाइएको छ । टोपीको अन्तर्राष्ट्रिय जगतमा समेत जानकारी दिन भन्दै यो दिवस मनाउने गरिन्छ ।टोपी दिवसको अवसरमा युवा विद्यार्थीहरुलाई नेपाली टोपीको महत्व बुझाउदै उनिहरुलाई उत्प्रेरीत बनाउन एवं सामाजिक उत्तर दायित्व बोध गराउन बुटवलमा पनि कार्यक्रम गरिएको छ ।
द युथ युनिटी फेसबुक                                                         ग्रुप कोआयोजनामा बुटबलको ट्राफिक चोकमा कार्यक्रम गरेको हो ,। नेपाली टोपी संरक्षण गरौं भन्ने नाराका साथ टोपी दिवस मनाएका छन् , कार्यक्रममा बुटवल बजार परिक्रमा गरेर गरीयको थियो भने टोपी वितरण समेत गरीयको कार्यक्रमका संयोजक मदन न्यौपाने ले बताए ।
कार्यक्रम सफल वनाउन केवि ढाकाटोपि,दिगाम रुपन्देहि सम्र्पक समाज, दिप बो हाइस्कुलका प्रचार्य टिकाराम न्यौपाने कृष्ण न्यौपाने ले सहयोग गरेको ग्रुपका सचिव प्रविण पन्थ ले बताए । यसैगरी तानसेनको टुँडिखेलमा पनि स्थानीयले नेपाली टोपी संरक्षण गरौं भन्ने नाराका साथ तानसेन बजार परिक्रमा गरेर टोपी दिवस मनाएका छन् । उच्च शिखर सगरमाथा हामी नेपालिको शान, हाम्रो सिरमा ढाका टोपी हाम्रो पहिचान” भन्ने मुल नाराका साथ द यूथ यूनिटी फेसबुक ग्रुपले आज बुटवलको ट्राफिक चोकमा ५ औ राष्ट्रिय टोपी दिवसको अवसर पारेर कार्यक्रम गरेको छ ।
द यूथ यूनिटी फेसबुक ग्रुपका संस्थापक मदन शौगातको समेजकत्वमा भएको मा हाल उक्त फेसबुक ग्रुपमा नेपाल भरिका करिव २१००० सदस्यहरु रहेको जनाइएको थियो । साथै आगामि दिनहरुमा पनि सामाजिक तथा परिवर्तनसिल सेवा मुखी र जनचेतना मुलक कार्यक्रमहरु गर्ने बताइएको छ

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.