बाढीपिडित बृदवृदा लाई जाडोका कपडा वितरण

बाढीपिडित बृदवृदा लाई जाडोका कपडा वितरण

बुटवल,पुस । बुटवल उपमहानगरपालिका वडा नम्वर ८ मा रहेको मिलनपथ ज्ञान ज्योती टोल विकास संस्था टोल विकास संस्थाले नवलपरासीको सरावल गाउँपालिकाका वडा न छ को रामपुर खडौना सात मा बाढी पिडितलाई जाडोबाट बच्न लत्ताकपडा वितरण गरेको छ । संस्थाले बाढी पिडित मध्ये गरिव विपन्न परिवारका वृदबृदालाई ६० थान बलाङ्केट र डेढसय भन्दा बढीलाई सुइटर,कुर्तासुरवाल लगायतका लत्ताकपडा प्रदान गरेको हो ।
टोलबासीबाट संकलन गरेको रकमले बाढीपिडित बृदबृद्धालाई चिसो बाट जोगाउन लत्ताकपडा वितरण गरिएको संस्थाकी अध्यक्ष पुनम रजाली मगरले बताउनुभयो ।
जिल्ला समन्वय समिति नवलपरासीका उपाध्यक्ष अब्दुर रहमान चुरीयार को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पुरुषोत्तम सुवेदी, पत्रकार केशब भण्डारी वडा न छ का अध्यक्ष कैलाश यादव स्वास्थ्य चौकी इन्चाज गोपाल पाण्डे
आयोजक संस्थाका सचिव चेतनारायण अर्याल चेतबहादुर पौडेल लगायतले सामाजिक संस्थाले गरेको सहयोगबारे प्रकाश पार्नुभएको थियो ।

बढ्दो जाडो सँगै तराईमा हुस्सु र सीतलहर चलिरहेको समयमा बुटवलको मिलनपथ टोलविकास संस्थाले प्रशंसनीय कार्य गरेको मा स्थानियले खुलेर पसंशा गरेका थिए । उनी हरुले आफुहरुले पहिलो पटक पाएको भन्दै वास्तवै आफुहरुले राहात को महसुस गरेको बताएका थिए । कार्यक्रम पुनम रजाली को अध्यक्षता सचिव तेजनारायण अर्याल को संचालनमा सम्पन भएको थियो ।

 

 

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.