सकियो राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०७४ ६ लाख २५ हजार दर्शकद्वारा अवलोकन, २० करोडको कारोवार

 

बुटवल, पुष
रुपन्देही उद्योग संघको आयोजनामा ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी
उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ नेपाल उद्योग परिसंघको सहकार्यमा
पुष ६ गतेदेखि सञ्चालित १४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि
तथा पर्यटन महोत्सव–२०७४ मंगलवार समापन भएको छ । प्रदर्शनी आयोजना स्थल
बुटवल मण्डपमा एक विशेष कार्यक्रमको आयोजना गरी प्रदर्शनीको समापन
गरिएको थियो ।
सो अवसरमा बोल्दै प्रदर्शनी मुल आयोजक समितिका संयोजक तथा रुपन्देही
उद्योग संघका अध्यक्ष दिनेशराज रेग्मीले स्वदेशकै स्रोत साधनको उपयोग,
औद्योगिक विकास र आत्मनिर्भर अर्थतन्त्रलाई अगाडी बढाउन यस प्रकारका
प्रदर्शनीहरुले टेवा दिने विश्वास गर्दै आयोजना गरिएको र यसलाई सफल बनाउन
सबै क्षेत्रबाट सहयोग प्राप्त भएकोमा आभार व्यक्त गर्नु भयो । उहाँले
आयोजनाका क्रममा दर्शक र सहभागी उद्योगीहरुको चाहाना पुरा गर्न नसकिएको
भएपनि दर्शकहरुको उपस्थितिले आयोजना ऐतिहासिक रुपमा सम्पन्न भएको दावी
गर्नु भयो ।
उहाँले प्रदर्शनीको आयोजना सम्पन्न गर्न मद्दत पु¥याउने सम्पूर्ण संघ÷संस्था,
संचारकर्मी, सहभागी उद्योग, कलाकार, दर्शक, उपभोक्ता, कर्मचारीहरु तथा अन्य
महानुभावहरुलाईृ धन्यवाद दिनु भयो ।
समापन कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै मुल समितिका सदस्य सचिव माधवप्रसाद
पौडेलले प्रदर्शनीमा करिव ६ लाख दर्शकले अवलोकन गर्ने र २० करोडको
कारोवार हुने अनुमान गरिएकोमा हामीले अपेक्षा गरिएको दर्शक उपस्थित
हुनुका साथै आर्थिक कारोवार पनि भएको बताउनु भयो । उहाँले प्रदर्शनीबाट
आफुहरु उत्साहित भएको बताउँदै प्रदर्शनीको ६ लाख २५ हजार दर्शक तथा
उपभोक्ताहरुले अवलोकन गरेको जानकारी दिनु भयो ।
यस पटकको प्रदर्शनीमा विभिन्न प्रकृतिका ४८० वटा उद्योग र उत्पादनहरु ५००
स्टलहरुमा सहभागी भएकोमा उद्योगहरुको प्रकृति र विशेषता आधार बनाएर १२ वटा
पेभेलियन निमार्ण गरी उद्योगहरुलाई सहभागी गराइएको थियो । जस अन्तरगत
आईटीमा ३०, फर्निचरमा ३३, ह्याण्डी क्राफ्टमा ४३, फुड एण्ड वेभरेजमा ४१,
किचेन वयरमा ४३, कस्मेटिकमा ४१, फुटवयरमा ४३, वेकरीमा ४०, कृषिमा ६१,
गार्भेन्टमा ४०, विविधमा ४०, होटेलमा २५ र प्रविधिमा १२ स्टलहरु ३७ जिल्लाबाट
सहभागिता भएको जनाइएको छ ।
समापन समारोहमा प्रदर्शनीमा सहभागी स्टल र उद्योगहरुको मूल्याङ्कन गरी
पुरस्कृत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि रुपन्देही क्षेत्र नं. २ (१)
का प्रदेशसभा सदस्य लिला गिरीले पुरस्कार तथा प्रमाणपत्रहरु वितरण गर्नु भएको
थियो ।
सहभागी सम्पूर्ण उद्योगहरु मध्येबाट प्रथम एनभि पावर इनर्जी एण्ड फर्टिलाइजर
प्रा.लि. नवलपरासी, द्वितीय मयुर स्टिल इण्डष्ट्रिज, रुपन्देही, तृतीय कपिलवस्तु
ग्लास फाइवर उद्योग, बुटवल तथा बि.जि.ग्रुप, गुल्मी र हिमाली कृषि औजार
उद्योग, गोर्खा सान्त्वना भएका छन् । यसैगरी सम्पूर्ण औद्योगिक
प्रष्ठिानहरुमध्येबाट सर्वाेत्कृष्ट प्रतिष्ठान आवास गु्रप भएको छ ।
प्रदर्शनीमा सहभागी उद्योगहरुलाई बर्गिकरण गरि १२ वटा पेभेलीयन बनाएर
राखिएको प्रत्येक पेभेलीयनबाट उत्कृष्ट छनौट गरिएको मुल्याङ्क समितिका
संयोजक बोनिन पियाले बताउनु भयो । आयोजकका अनुसार फर्निचर, प्लास्टिक
तथा औद्योगिक क्षेत्रका उत्पादन पेभिलियनमध्ये उत्कृष्ट एम.बि.काष्ठकला तथा
हस्तकला उद्योग, बुटवल, हस्तकला पेभिलियन मध्ये उत्कृष्ट द प्लानेट
एक्सपोर्टस,काठमाण्डौ, खाद्यान्न पेभिलियनमध्ये उत्कृष्ट न्यू महालक्ष्मी उद्योग,
ललितपुर, किचनवेयर्स पेभिलियन मध्ये उत्कृष्ट तुल्सी ब्राण्ड होम केयर,
रुपन्देही, कस्मेटिक्स तथा व्यूटी प्रोडक्ट पेभिलियन मध्ये उत्कृष्ट जस्मिन हाइजिन
प्रोडक्ट, विराटनगर, फूटवेयर्स पेभिलियन मध्ये उत्कृष्ट ब्ल्याक हर्स इण्डष्ट्रिज
प्रा.लि., काठमाण्डौ, बेकरी÷आईसक्रिम तथा अचार पेभिलियन मध्ये उत्कृष्ट
लाङघाली अचार उद्योग, रुपन्देही, कृषि पेभिलियन मध्ये उत्कृष्ट गुप्ता नर्सरी,
रुपन्देही, गार्मेण्ट पेभिलियन मध्ये उत्कृष्ट महाकाली गार्मेण्ट उद्योग, रुपन्देही,
प्रविधि पेभिलियन मध्ये उत्कृष्ट डायमण्ड हेण्डीक्राफ्ट इण्डष्ट्रिज, काठमाण्डौ,
होटल तथा रेष्टुरेण्ट पेभिलियन मध्ये उत्कृष्ट द बेकरी क्याफे प्रा.लि. बुटवल,
विविध पेभिलियन मध्ये उत्कृष्ट गुराँस वास हस्तकला उद्योग, मोरङ्ग भएका छन् ।
त्यसैगरी सान्त्वना तात्रीवास पशु विकास फार्म तथा कृषि अनुसन्धान केन्द्र
प्रा.ली, चितवन र तिनाउ शुज उद्योग, बुटवल भएका छन् । जिल्ला वाहिरका महिला
उद्योगहरु मध्ये उत्कृष्ट महिला उद्योग चिनारी महिला साझेदारी अल्लो उद्यम समुह,
दाङ्ग, जिल्ला भित्रका महिला उद्योगहरु मध्ये उत्कृष्ट महिला उद्योग प्रिसियस हस्तकला
ट्रेनिङ्ग सेण्टर, देवदह तथा उत्कृष्ट सजावट बुटवल स्टिल फर्निचर प्रा.लि.,
रुपन्देही भएको छ ।
समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सभासद लिला गिरीले रुपन्देही
उद्योग संघले आयोजना गरेको प्रदर्शनीले यस क्षेत्रको आर्थिक तथा औद्योगिक
विकासका लागि नयाँ बाटाहरु खोज्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले मुलुकले
राजनीतिक आन्दोलन सकेर आर्थिक समृद्धिको बाटो समातेको अवस्थामा अब बन्ने
सरकारले नीजी क्षेत्रको सहयोग र सहभागितामा काम गर्ने धारणा राख्नु भयो ।
प्रदर्शनी मुल आयोजक समितिका संयोजक तथा रुपन्देही उद्योग संघका अध्यक्ष
दिनेशराज रेग्मीको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष गणेशप्रसाद अधिकारीको स्वागत
तथा सदस्य कृष्णप्रसाद पराजुलीको सञ्चालनमा भएको कार्यक्रममा रुपन्देही व्यापार
संघका अध्यक्ष मोतीराज पाण्डे, रुपन्देही उद्योग संघका पूर्व अध्यक्ष शतिसचन्द्र
कशौधन, नेपाली कांग्रेसका नगर सभापति खेलराज पाण्डे, जिल्ला समन्वय समितिका
प्रमुख एकराज विश्वकर्मा, पूर्व सांसद बामदेव क्षेत्री लगायत बोल्नु भएको थियो
। कार्यक्रममा धन्यवाद ज्ञापन उपाध्यक्ष महेश थैवले गर्नु भएको थियो ।
सोही अवसरमा सहआयोजक, प्रर्बद्धक, सौजन्यकर्ताहरु, उत्कृष्ट उपसमिति संयोजक,
सहसंयोजक एवं सदस्यहरु, सहयोगी संघसंस्था र विभिन्न निकायहरुलाई सम्मान, कदर
र प्रशंसापत्र प्रदान गरिएको थियो ।
औद्योगिक प्रदर्शनी सम्पन्न गर्नका लागि संघका अध्यक्ष दिनेशराज रेग्मीको
संयोजकत्वमा १०१ सदस्यीय मुल समिति, ५१ सदस्यिय विशेष सल्लाहकार समिति, २५१
सदस्यीय सल्लाहकार समिति र २८ वटा विभिन्न प्रकृतिका उपसमितिहरु गठन गरिएको
थियो । यसैगरी प्रदर्शनी सम्वन्धी दैनिक कार्य सम्पादन गर्न मूल समितिका
संयोजक रहेको ९ सदस्यीय निर्देशन तथा कार्यान्वयन समिति (निकास) पनि गठन
गरिएको थियो ।
रुपन्देही उद्योग संघले प्रदर्शनीको प्रवेश टिकटबाट संकलित रकम मध्ये केही
प्रतिशत सामाजिक कार्यका लागि छुट्याउने निर्णय गर्दै प्रत्येक टिकटबाट रु.४
गौतमबुद्ध सामुदायिक मुटु अस्पताललाई, ५० पैसा जितगढी किल्ला संरक्षणका
लागि र ५० पैसा शिक्षा क्षेत्रमा लगानी गर्ने गरी छुट्टयाएको जनाइएको छ ।
समापनका दिन मंगलवार पनि प्रदर्शनीस्थलमा दर्शकहरुको ओइरो लाग्न पुग्यो ।
प्रदर्शनी सचिवालयले दिएको जानकारी अनुसार अन्तिम दिन मात्र ५५ हजारभन्दा बढी
दर्शक मण्डपमा प्रवेश गरेका थिए । अन्तिम दिन अवलोकनकर्ताहरुले सामान बढी खरिद
गरेको स्टलधनीहरुले जनाएका छन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.