प्रदेश केन्द्र माग गर्दै बुटवलमा प्रदर्शन

 

बुटवल ।
प्रदेश नम्बर ५ को राजधानी बुटवल तोकिनुपर्ने माग सहित बुटवलमा दवावमूलक आन्दोलन भएका छन् । कांग्रेस र एमालेले छुट्टाछुट्टै कार्यक्रमगरी बुटवलमा राजधानी हुनुपर्ने माग सहितका आन्दोलन गरेका हुन ।
नेपाली कांग्रेसले आज विहान ९ बजेदेखि १० बजेसम्म चक्काजाम गरेको हो । सरकारले प्रदेश नं. ५ को अस्थायी मुकाम दाङमा तोक्ने तयारी गरिरहेका बेला प्रदेशको राजधानी बुटवल हुनुपर्ने नेपाली कांगे्रसले दावी गरेको छ ।
कांग्रेसले बुटवल, सैनामैना र मणिग्राममा एक घण्टा चक्काजाम गरेको हो । पूर्व पश्चिम महेन्द्र राजमार्ग र उत्तर दक्षिण सिद्धार्थ राजमार्ग ठप्प भएपछि यात्रुहरुले झण्डै दुई घण्टा सडकमै बस्नु परेको थियो । चक्काजामपछि कांग्रेसका नेताहरुले बुटवललाई ५ नम्बर प्रदेशको केन्द्र नतोकिए आन्दोलन झन कडा बनाइदै लगिने चेतावनी दिएका छन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.