ग्रहाक बनेर हाने गोली ,युवासंघ नेपाल द्धारा अनिश्चिल कालीन रुपन्देहि बन्द

अनिश्चिल कालीन रुपन्देहि बन्द युवासंघ नेपाल
हत्यापछि आक्रोशित देवदहबासीले दिनभर सडक बन्द गरे
बुटवल ।
रुपन्देहीको देवदहमा एक व्यवसायीको गोली हानी हत्या भएको छ । देवदह–२, ढेकावारमा आज विहान ११ बजेतिर फर्निचर व्यवसाय गर्दै आएका बलु भनिने बसन्त पौडेलमाथि गोली प्रहार भएको हो ।
गोली प्रहारबाट घाइते भएका उनको उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक पवन भट्टराईले जानकारी दिए ।
मोटरसाइकलमा आएका दुई जनाको समूहले उनको छातीमा गोली प्रहार गरी भागेको प्रहरीले बताएको छ । युवा संघका पूर्व क्षेत्रीय कोषाध्यक्ष पौडेल एमाले नेता निलकण्ठ पौडेलका छोरा हुन ।
ढेकावार स्थित उज्जवल फर्निचर उद्योगमा श्रीमतीसंगै आगो तापेर बसिरहेका उनलाई कालो होण्डा बाइकमा आएका नकावधारी हतियारधारीले गोली हानेका थिए । काठमा सामान बनाउनका लागि ग्रहाक बनेर आएका उनीहरुले गोली चलाउन खोज्दा पौडेल भागेका थिए । भागेर तोरीबारीमा पुगेपछि उनीमाथि गोली प्रहार भएको हो ।
उनी छेउमै रहेको स मिलका डाइभर हतियारीधारीका पिछा लागेपनि फेला पार्न नसकेको प्रहरीले बताएको छ । ३८ वर्षिया पौडेलका दुई छोरा र एक छोरी छन् ।
पौडेललाई गोली प्रहार भएलगत्तै फरार अभियुक्त मनोज पुनले टेलिफोन गरी जिम्मा लिएका छन् । बुटवलका सञ्चारकर्मीलाई पालैपालो टेलिफोन गरी आफ्ना मान्छेहरुले पौडेललाई गोली हानेको बताएका हुन् । पुनमाथि गत वर्षको पुस ४ गते देवदह खैरेनीमा तत्कालीन युवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्या गरेको अभियोग छ ।
प्रहरीले घटनाको अन्ुसन्धान भइरहेको र गोली हान्ने व्यक्तिको खोजी भइरहेको जनाएको छ । वर्षैपिच्छे गोली हानेर हत्या भएपछि देवदहका स्थानीय त्रसित बनेका छन् ।
हत्यापछि आक्रोशित देवदहबासीले दिनभर सडक बन्द गरेका छन् । देवदह नगरपालिकाका मेयर हिरा केसीले हत्यामा संलग्नलाई कारबाही गर्न माग गरे ।
प्रहरीले घटनामा संलग्न अपराधिहरुको खोजी कार्य भइरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिल्लिनारायण पाण्डेले अनुसन्धान भइरहेको बताए ।

अनिश्चित कालीन बन्द

उता युवासंघ नेपाल रुपन्देहिले हत्यारालाई प्रक्राउ नगर्दा सम्म अनिश्चित कालीन बन्द रहने बताएको छ । बारम्बार दिनदहाडै हत्याका घट्ना भैरहदा समेत राज्य र प्रहरि प्रशासन मौनवसेको भन्दै आक्रोश व्यक्त गरेको छ । दुर्गा तिवारीलाई हत्या गरी फरार अभियुक्त अहिलेसम्म पनि पक्राउ गर्ने नसक्ने पुलिस प्रशासनको कारण आज फेरी यस्तो दुखद घटना घटेको भन्दै जवसम्म यो हत्यारा पक्राउ गरिदैन तवसम्म हाम्रो आन्दोलन नरोकिने वतएको छ । संघले आम जनतालाई शान्ती सुरक्षाको अनुभूति दिलाउन नसक्ने सरकारका विरुद्ध हामी उत्रिने भन्दै । आन्दोलनलाई साथ र सहयोग गरी सुरक्षित समाज निर्माण गर्ने अभियानमा सबै उद्योगी, ब्यावसायी, शिक्षक, विद्यार्थी, कर्मचारी सबैलाई हार्दिक अपिल गरेको छ ।
जिल्लाको सुरक्षा व्यवस्था प्रति प्रश्न चिन्ह उद्योग व्यवसायी
उता उद्योग व्यवसायी संघ, रुपन्देही ले नेपाल वन पैदावार उद्योग व्यवसायी संघ रुपन्देही का सदस्य उद्योगी, उज्जवल सःमिल उद्योगका संचालक बसन्त पौडेल ९बलु० माथी भएको गोली प्रहार र विभत्स हत्याले नेपाल वन पैदावार उद्योग व्यवसायी संघ, रुपन्देही स्तब्ध भएकोजनाएको छ । यस्तो क्रुर र अमानवीय घटनाप्रति संघको गम्भिर ध्यानाकर्षण भएको भन्दै । आप्mनै उद्योगमा बसि काम गरिरहेको अवस्थामा उहाँ माथी गोली प्रहार गरी हत्या गरिनुले जिल्लाको सुरक्षा व्यवस्था प्रति प्रश्न चिन्ह खडा भएको बताउदै समग्र उद्योग व्यवसाय क्षेत्र त्रसित भएको छ । यस्तो कायरतापूर्ण हत्याको घोर भत्र्सना गर्दै हत्यारालाई यथाशीघ्र गिरफ्तार गरी कडा भन्दा कडा कारवाही गर्न संघ जोडदार माग गर्दछौ अध्यक्ष दिनेश रेग्मी द्धारा हस्ताक्षर विज्ञप्तीमा भनिएको छ ।

 

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.