बलु हत्या प्रकरण शोकलाई शक्तिमा वदल्ने एमाले नेताहरुको उद्घोष

 

बलु हत्या प्रकरण

बुटवल, २४ पुस ।
रुपन्देहीको देवदह नगरपालिकामा गोलि प्रहारबाट हत्या गरिएका ब्यवसायी बसन्त पौडेल (बलु)को शव सोमवार उठाइएको छ । प्रशासनसग आइतवार साझ सहमति भएपछि सोमवार सव उठाइएको हो । गत शुक्रवार बलुको हत्यापछि शनिवारदेखि थालिएको अनिश्चित कालिन बन्द आइतवार विभिन्न विषयमा सहमति भएपछि साझबाट स्थगित गरिएकोमा सव सोमवार उठाइएको हो ।
एमाले उपमहासचिव घनश्याम भुसाल, नेताहरु छविलाल विक, लिला गिरी, खिमलाल भट्टराई, भोजप्रसाद श्रेष्ठ, डाक्टर कृष्ण न्यौपाने, माओवादी केन्द्रका नेता दधिराम न्यौपाने, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली, सघिय प्रहरी इकाइ कार्यालय भैरहवाका प्रमुख एसएसपी दीपक थापा, प्रहरी तालिम केन्द्रका प्रमुख एसएसपी उत्तमराज सुवेदी, रुपन्देहीका प्रहरी प्रमुख एसपी श्याम ज्ञवाली लगायतको उपस्थीतिमा आइतवार भएको छलफलबाट ६ वुद्धे निर्णय भएपछि वन्द फिर्ता भएको थियो । तीनै सहमतिका आधारमा सोमवार बलुको सव उठाएको हो ।
बुटवल स्थीत अञ्चल अस्पतालबाट सोमवार दिउसो सव उठाइएपछि बुटवलमा उनको सव यात्रा गरिएको थियो । सब यात्रामा एमाले उपमहासचिव घनश्याम भुसालसहित विभिन्न दलका नेता कार्यकर्ता, युवा संघका नेता कार्यकर्ता, संघ सस्थाका प्रतिििनधिहरु, विद्यार्थी , युवा लगायता स्थानियको बाक्लो उपस्थीति रहेको थियो ।
बसन्त पौडेल बलुको बुटवलमा गरिएको सव यात्राका क्रममा राजमार्ग चौराहामा एमाले नेताहरुले शोक मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा शोक मन्तब्य ब्यक्त गर्दै एमाले उपमहासचिव घनश्याम भुसालले अब शोकलाई शक्तिमा वदल्नुपर्ने बताए ।सरकारको कवोल र प्रहरी प्रशासनले हत्यरालाई कारवाही गर्ने प्रतिवद्धता जनाएको उललेख गर्दै एमाले उपमहासचिव भुसालले अब शोकलाई शक्तिमा वदल्दै अगाडी बढ्नुपर्ने बताए । गत वर्ष पनि सम्झौता भएको तर सम्झौता अनुसार काम नभएकोमा युवाहरुमा आक्रोस रहेको पनि उनले बताए ।
सो अवसरमा वोल्दै एमालेका अर्का नेता छविलाल विश्वकर्माले सहमति कार्यान्वयन गर्न आनाकानी गरिए फेरी आन्दोलन गरिने चेतावनी दिए । एमाले रुपन्देहीका नेता सिद्धिचरण भट्टराइले बलु इमान्दार कार्यकर्ता रहेको भन्दै उनको हत्याले पार्टी तथा समाजलाई ठूलो क्षती पुगेको बताए ।
के छ सहमतिमा
आइतवार भएको छलफलबाट भएका छ बुदे निर्णयमा मृतकप्रति श्रद्धाञ्जली तथा परिवारजनमा संवेदना प्रकट देखि सहिद घोषणा सम्मका कुरा समेटिएको छ ।
बसन्त पौडेल तथा दुर्गा तिवारीलाई सहिद घोषणा र राहत उपलब्ध गराउन सर्वपक्षिय माग भएकाले अब बस्ने मन्त्री परिषद बैठकमा पेश गर्ने गरी आबश्यक प्रकृयिा जिल्ला सुरक्षा समितिबाट पुरयाइ आइतवार नै गृह मन्त्रालयमा सिफारिस गरी तत्काल माग पुरा गराउने निणर्य गरिएको छ । त्यस्तै देवदहको सुरक्षा मजवुत वनाउन प्रहरी चौकी क श्रेणीमा स्तरोन्नतिका लागि आवश्यक प्रकृया पुरयाइ गृह मन्त्रालयमा अनुरोध गर्ने र तत्काल प्रहरी निरिक्षकको कमाण्डमा श्रोत , साधन र जनशक्तिसहितको प्रहरीको ब्यवस्थ ागर्ने निणर्य पनि गरिएको छ । त्यस्त ैढेकावरमा प्रहरी विट राख्ने, तथा अपराधिक समुहको धम्की खेप्दै आएको नागरिकहरुको तत्काल सुरक्षा प्रवन्ध मिलाउने निर्णय पनि गरिएको छ । त्यस्तै हत्याको अनुसन्धान तथा खोजतलास कार्यलाई उच्च प्रथामिकता दिइ दोषिलाई पक्राउ गरी कारवाही गर्ने निर्णय पनि गरिएको छ । युवा संघ जिल्ला अध्यक्ष दुर्गा तिवारिको गत बर्ष हत्या भयपछि पनि यी सहमति भए पनि अहिले सम्म दोषी लाई नत प्रकाउ परे नत सहिद घोषण नै भयो केहि पलना नभएको ले यो पनि सहमति सिमीत हुने आसंका व्यक्त गरेका छन् ।
रुपन्देहीको देवदह नगरपालिका वडा नं.– २ ढिकार निवासी युवा संघ रुपन्देहीका नेता, सफल उद्योगी बसन्त पौडेल (बलु) लाई उनकै उद्योग अगाडी शुक्रवार बिहान ११ बजे गोली हानिएको थियो । बलु हत्यामा आफ्नो संलग्नता रहेको भन्दै मनोज पुनले केही सञ्चार माध्यमलाई फोनबाट बताएका थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.