अनसनस्थलबाटै पक्राउ पर्नुभएका चिकित्सक गोविन्द केसी पक्राउपछि सर्वोच्चमा,जेलमै अनशन बस्छु :डा.केसी

काठमाडौं, पुस २५ । प्रधानन्यायाधीशलाई वर्खास्त गर्नुपर्ने माग राखेर धर्ना शुरु गरेपछि अदालतको अवहेलना गरेको भन्दै अनसनस्थलबाटै पक्राउ पर्नुभएका चिकित्सक गोविन्द केसीलाई प्रहरीले बिहान ९ बजे सर्वोच्च अदालतमा उपस्थित गराएको छ । अदालतको आदेशपछि सोमवार राति पक्राउ पर्नुभएका केसीलाई महानगरीय प्रहरी वृत्त अनामनगरले अदालत उपस्थित गराएको हो ।
केसीमाथिको अदालतको अवहेलना सम्वन्धी मुद्धा सर्वोच्च अदालतका न्यायाधिश ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसे इजलासमा परेको छ । डाक्टर केसीका तर्फवाट भने अधिवक्ताहरु ओमप्रकाश अर्याल, सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले बहस गर्दै हुनुन्छ ।

अदालतको अपहेलना मुद्धामा सर्वोच्च अदालतले चिकित्सक केसीलाई उपस्थित गराउन भनेपछि अनसन बसेलगत्तै प्रहरीले त्रिवि शिक्षण अस्पतालका प्रा.डा. गोविन्द केसीलाई अनशन स्थल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाटै पक्राउ गरेको थियो ।
चिकित्सक केसीले न्यायालय राजीनितक दलको भर्ती केन्द्र बनेको भन्दै प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामा माग सहित अपरान्ह चार बजे १४ औं चरणको अनशन शुरुगरे लगत्तै सर्वोच्चले केसीलाई भोली बिहान ९ बजे अदालत उपस्थित गराउन प्रहरीलाई निर्देशन दिएको थियो।
न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले केसीले संविधान र कानून बमोजित सर्वोच्च अदालत र मातहतका विभिन्न अदालतबाट भएका फैसला विरुद्ध जनतामा भ्रम पैदा हुने गरी न्याय व्यवस्था, न्यापालिका र न्यायाधीश तथा अदालत विरुद्ध अमर्यादित अभिव्यक्ति दिएको ठहर गरेको हो । सर्वोच्च अदालतका शाखा अधिकृत नेत्रबन्धु पौडेलले दिएको प्रतिवेदनको आधारमा मुद्दा तयार भएको हो ।
काठमाडौं प्रहरी परिसरका एसपी रामदत्त जोशीको नेतृत्वमा गएको टोलीले उहाँलाई प्रहरीकै एम्वुलेन्समा राखेर ल्याएको थियो । त्यसक्रममा केसीले आफु विरामी नभएको भनेपनि प्रहरीले सम्मानपुर्वक ब्यवहार सहित नियन्त्रणमा लिएको थियो । डाक्टर गोविन्द केसीले भने पत्रकारहरुसँग न्यालायप्रति सम्मान रहेको तर गलत प्रवृतिबिरुद्ध नझुक्ने भन्दै आफ्ना माग पूरा नभएसम्म अनसन नतोड्ने बताउनु भयो ।
उता केसी पक्राउप्रति विरेध भएके छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.