पूर्वाधार विकास गर्दै खेलकुदलाई प्राथमिकतामा राख्न आग्रह, एकेडेमीको प्रदेश कमिटी गठन

 

मदन भण्डारी स्पोटर्स एकेडेमीको प्रदेश कमिटी गठन
पूर्वाधार विकास गर्दै खेलकुदलाई प्राथमिकतामा राख्न आग्रह
बुटवल, पुस २७ । मदन भण्डारी स्पोटर्स एकेडेमी प्रदेश नं. ५ को प्रथम भेला बुटवलमा सम्पन्न भएको छ । भेलाले नयाँ कार्य समितिसमेत चयन गरेको छ ।
जसको अध्यक्षमा नरबहादुर घर्ती चयन भएका छन । त्यसैगरी उपाध्यक्षमा मिनप्रसाद पोख्रेल, शेरबहादुर आचार्य, सुमन पोख्रेल र देवी वाग्ले सर्वसम्मत चयन भएका छन् । यसैगरी सचिवमा मेघराज भट्टराई (राजु), अशोक खत्री, शंकर पाण्डे चयन भएका छन् ।
सदस्यहरुमा तारा न्यौपाने, सीता खनाल, मान्दिरा श्रेष्ठ, अर्जुन तिवारी, जीवन छन्तेल, अमित अधिकारी, कृष्ण सापकोटा, किरण चौधरी, पदम क्षेत्री, लोकेन्द्र पुनकार, हिरा वली, गणेश खडका, धनश्याम वली, हरिकृष्ण धिताल, मनोज काउछा, शेरबहादुर भण्डारी, कृष्ण श्रेष्ठ र रोजेश गुरुङ रहेका छन् ।
यसैगरी सदस्य तर्फनै सूर्यप्रसाद भट्टराई, दिप सुनार, चुरामणी पोख्रेल, विष्णु कार्की, सुरेश पुन मगर, भक्त केसी, विजय कोइराला, तेजबहादुर पुन, सुभाष थापा, हुकुम विष्टा र टीका घर्ती रहेका छन् ।
एकेडेमीको प्रथम भेलाको उद्घटन गर्दै एकेडेमीका केन्द्रीय अध्यक्ष एवम् पूर्व सांसद विनोद श्रेष्ठले खेलकुदका माध्यमबाट समृद्धि हासिल गर्नेगरी योजनाबद्ध कार्यक्रमहरु तयार पारिएको बताए । उनले स्पोटर्स एकेडेमीले अब नयाँ थालनीस्वरुप देशका ७७ जिल्लामा विभिन्न रचनात्मक काम गर्दै अगाडि बढ्ने बताए ।
खेलकुदको विकास नै राष्ट्रको विकास रहेको भन्दै खेल क्षेत्रबाट अब समृद्धिको खाका तयार गर्न मदन भण्डारी स्पोर्टस एकेडेमी लाग्ने बताए । उनले प्रत्येक प्रदेशमा एउटा–एउटा अन्तर्राष्ट्रिय स्तरको स्टेडियम बनाउने, एकेडेमीहरु सञ्चालन गर्ने र खेलाडीहरुमा प्रोत्साहनका कार्यक्रमहरु सञ्चालन गर्ने गरी आफूहरु अगाडि बढेको बताए । उनले मदन भण्डारी स्पोटर्स एकेडेमीलाई विश्वविद्यालयका रुपमा विकास गर्ने गरी प्राविधिक छलफल र तयारीहरु पनि अगाडि बढाइएको बताए ।
एकेडेमीले नेपालमै पहिलो पटक क्रिकेट महोत्सव गर्नेसमेत तयारी भइरहेको जानकारी दिए । एकेडेमीले हालै मार्शल आर्टसमेत गठन गरेको छ भने क्रिकेट र फुटवलका छुट्टा छुट्टै विभागहरु पनि गठन गरेको छ । एकेडेमीको फुटवल र अन्य विधाको खेलाडीहरुको टोली अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि विदेशमा जाने समेत तय भइसकेको केन्द्रीय अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
कार्यक्रमा नेकपा एमालेका केन्द्रीय सदस्य खिमलाल भट्टराईले युवाहरुको जोस र जाँगरले नै परिवर्तन सम्भव रहेको भन्दै खेलकुद क्षेत्रमा मदन भण्डारी स्पोटर्स एकेडेमीले नयाँ आयम थप्नुपर्ने बताए ।
कार्यक्रममा युवा संघका केन्द्रीय उपाध्यक्ष राजु गुरुङ, एमाले रुपन्देहीका प्रचार विभाग प्रमुख तेजेन्द्र केसी, जिल्ला कमिटी सदस्य हितराज पन्थी, जिल्ला कमिटीका पूर्व सदस्य बलबहादुर आचार्य र प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष अमृत गिरीलगायतले बोलेका थिए ।
स्पोटर्स एकेडेमीकी केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नम्बर पाँचका इन्चार्ज ध्रूव आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा सचिव एवं प्रदेश सांसद सीता लामाको सञ्चालन र एकेडेमीका केन्द्रीय सदस्य सिन्धु जलेसाको स्वागत एवम् अर्का नेता तेजेन्द्र पाण्डेको धन्यवादमा सम्पन्न भएको थियो । भेलामा प्रदेश नं. ५ का प्रतिनिधि सदस्यहरु ७० जनाको उपस्थिति रहेको एकेडेमीका प्रदेश उपाध्यक्ष मिनप्रसाद पोखरेलले जानकारी दिए ।

 

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.