स्कलर्समा खेलकुद

 

स्कलर्समा खेलकुद

बुटवल । स्कलर्सहोम बोर्डिङ्ग स्कुलको २६ औ बार्षिक उत्सवकोे अवसरमा आयोजित खेलकुदमा खेलकुद सप्ताह अन्र्तगत कक्षा ११ र १२ तर्फ भएका खेल मध्ये क्रिकेटमा एस २ टिम विजेता बनेको छ ।
त्यसै गरी १०० मी. दौड मा छात्रा तर्फ प्रथम दुर्गा पाण्डे द्वितीय सन्ध्या शर्मा र तृतिय सुजाता कठरीया, छात्र तर्फ प्रथम रविन आचार्य द्वितीय सुरज पुलामी तृतिय विवेक तिमिल्सीना, ४०० मी दौड अन्र्तगत छात्र तर्फ रविन आचार्य प्रथम, विशाल खत्री द्वितीय, विवेक तिमिल्सीना तृतिय, २०० मी दौड छात्रा तर्फ मनिष भण्डारी प्रथम, सुजाता कठरीया दोश्रो र अन्जु जी. सी. तेश्रो, छात्रा तर्फ भएको चम्चा दौड अन्र्तगत प्रथम सन्ध्या शर्मा, दोश्रो अस्मिता बगाले र तेश्रो लक्ष्मी पोख्रेल भएका छन् ।यी सम्पूर्ण कार्यक्रमको संयोजन रामु रोका तथा सम्पूर्ण प्राध्यापक को सहयोगमा भएको थियो । विद्यालय तर्फ भएका खेल मध्ये सब जुनियर तर्फ इन एण्ड आउट, स्विट रेस व्गष्यच तर्फ ५० मी दौड (छात्रा छात्र) १०० मी दौड (छात्रा छात्र) तिन खुट्टे दौड (छात्रा छात्र) स्किपिङ (छात्रा), बोरा दौड (छात्र) त्यसै गरी सीनियर तह तर्फ १०० मी दौड (छात्रा छात्र) २०० मी दौड (छात्रा छात्र) ४०० मी दौड (छात्रा छात्र) बोरा दौड (छात्रा छात्र) सम्पन्न भएको प्रचार्य बाबुराम बञ्जाडले जानकारी दिए ।
पश्मिाञ्चल क्षेत्रीय रेफ्री यम गुरुङ्ले सप्ताहको समुद्घाटन गरेका थिए । प्रशासकीय प्रमुख लोक प्रसाद भण्डारीले भोलीको कार्यक्रम अन्र्तगत सब जुनियर तर्फ तातो आलु, बेलुन फुटाउने, जुनियर तहत र्फ तर्फ स्विट रेस, म्याथमेटिकल दौड, सियो धागो, सिनीयर तर्फ स्लो साइकल दौड, व्याडमिन्टन, टीटी, भलिबल, क्रिकेट, कबड्डी हुने बताए । त्यसैगरी भोलीको कार्यक्रम अन्र्तगत व्याडमिन्टन, टीटी, भलिवल, फुटबल, म्यूजिकल चियर, कबड्डी सम्पन्न हुनेछन

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.