‘मेलाको डाईभर्सन नमुना सांकेतिक दबाब’ १७ हजार दर्शक २ करोड २५ लाख कारोबार

 

‘मेलाको डाईभर्सन नमुना सांकेतिक दबाब’ १७ हजार दर्शक २ करोड २५ लाख कारोबार

माग्ने बुढा  आउंदै

तिलोत्तमा, २८ पुस । मणिग्राममा चलिरहेको तिलोत्तमा व्यापार मेलामा अवलोकनकर्तालाई कालिगण्डकी डाईभर्सन परियोजनाको नमुनाले आकर्षित गरेको छ । कालिगण्डकीको पानी तिनाउमा झरालेर निर्माण गरिएको नमूना आयोजना हेर्न अवलोकनकर्ता भिड लाग्ने गरेको छ । सेल्फी स्पटको नामाकरण गरिएको उक्त स्थलमा विद्युत् उत्पादन गरिएको नमूना पनि प्रदर्शन गरिएको छ । ‘कालिगण्डकी–तिनाउ ड्राइभर्सनको कुरा उठेको धेरै समय भयो, तर अहिले सम्म डिपिआर तयार भएको छैन । त्यो तुरुन्त गर्नु पर्छ र त्यसको उपयोगिता के के हुन्छन भन्ने कुरा हामीले यंहा प्रस्तुत गरेका छौं, मेला आयोजक मुल समितिका संयोजक झबिन्द्र कंडेलले भने । उनले यो नमुना प्रस्तुती परियोजना कार्यान्वयनका लागी राजनिति दलहरुलाई सांकेतिक दबाब समेत भएको उल्लेख गरे । सेल्फी स्पटमा हिमालदेखि तराई सम्मको भु–बनोट, प्राकृतिक स्रोत र त्यसको उपयोगितालाई झल्काइएको छ । आयोजनाको नमुना अवलोकन पछि पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डेले पनि यसले राजनितिक दलहरुलाई सांकेतिक दबाब श्रजना गरेको प्रतिक्रिया दिए । उनले भने, ‘काम नगर्ने कुरा मात्रै गर्ने परिपाटीलाई यसले सचेत गराएको छ । इच्छाशक्ती भयो भने गर्न सकिन्छ भन्ने सन्देश यसले दिएको छ । ’ यसका बारेमा आम नागरिकलाई पनि बुझाउन आवश्यक रहेको उनको धारणा छ । माछापुच्छ्रे हिमालको फेदमा मुक्तीनाथको मन्दिर । मन्दिर छेउबाट कलकलाउंदै बगेको कालिगण्डकी । कालि गण्डकी थुनेर बनाईएको ड्याम । अनि कालिगण्डकी डाइभर्सनको दृश्य । हाइड्रो पावर प्रोजेक्टको नमुना त्यहा छ । सेतो हिमालदेखी समथर तराईको दृश्य आफ्नो क्यामेरामा कैद गर्न सक्नेछन । त्यही केन्द्रको रुपमा यो सेल्फी स्पट निर्माण गरिएको हो । मेला अवलोकन गर्न आउने अधिकांशले सेल्फी स्पट अघिल्तीर पुग्दा बेग्लै आनन्द महसुस गर्ने गरेको संघका महासचिव बिष्णु बराल बताउंछन । त्यहा सुन्दर हिमाल, धार्मिक स्थल मुक्तीनाथ, हिमनदी, जलाशय, सबैथोक देख्न पाइन्छ । हिमाल, पहाड र तराईको प्राकृतिक अवस्थीती र सौन्र्दयता त्यहा देखिन्छ ।
१७हजार दर्शक २ करोड २५ लाख आर्थिक कारोबार
मेलामा दर्शकहरुको उपस्थिती बढ्दै गएको छ । मेलाको तेस्रो दिन १७ हजार दर्शकले मेलाको अवलोकन गरेको मुल समितिका संयोजक झबिन्द्र प्रसाद कंडेलले जानकारी दिए । कंडेलका अनुसार शुक्रबार करिब २ करोड २५ लाख आर्थिक कारोबार भएको छ । अवलोककर्ताको संख्या शनिबार अझै बढ्ने आयोजकको अनुमान छ । मेलामा अवलोकनकर्ताको संख्या बढ्दै जांदा आयोजक उत्साहित बनेका छन । बुटवल भैरहवाको मध्य भाग मणिग्राममा आयोजित मेलामा ग्रामिण क्षेत्रबाट उल्लेख्य सहभागी रहेका छन । मेलामा शुक्रबार राष्ट्रिय कलाकारहरु रामजी खांण, सपना गाहा, करुण कार्की, नेपाल आइडल टप ५ सुजाता पाण्डे, रेनु राना लगायतका कलाकारले दर्शकलाई मनोरन्जन प्रदान गरे । कलाकारहरु स्टेजमा उत्रिदा दर्शकले हौसला प्रदान गरे । त्यस्तै तिलोत्तमा आइडल र भ्वाइस अफ तिलोत्तमाका सहभागीले पनि आफ्ना प्रस्तुती मार्फत दर्शकलाई तान्न सफल बने । यसैबिच मेलामा शनिबार पनि राष्ट्रिय तथा स्थानिय कलाकारहरुले भरपुर मनोरन्जन प्रदान गर्दैछन ।
माग्ने बुढा माग्न आउंदै
सांस्कृतिक उपसमितिका संयोजक टिकामणी आचार्यले शनिबारको मुख्य आकर्षणको रुपमा हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा), पल्पसा डंगोल (चम्सुरी) सहितका राष्ट्रिय कलाकारहरु रहने भएका छन । आकर्षणको रुपमा चर्चित लोक तथा दोहोरी गायक शिरिष देवकोटा, आधुनिक गायिका शशि रावल, लोक तथा दोहोरी गायक लक्ष्मण खड्का, हांस्य कलाकार दिपक थापा र लोक तथा दोहोरी गायक नारायण बि.सीको प्रस्तुती रहने जानकारी दिए । त्यस्तै तिलोत्तमा आइडल र भ्वाइस अफ तिलोत्तमा टप १० प्रतिष्पर्धीबिच प्रतिष्पर्धा हुने बताए । शनिबार मगर समाजको बिशेष सांस्कृतिक प्रस्तुती पनि अर्को आकर्षणको रुपमा रहेको उनले जानकारी दिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.