पामिरमा प्राविधिक शिक्षाको तयारी

बुटवल, २९ पुस
तिलोत्तमा नगरपालिका २ मा रहेको पामिर ईन्टरनेशनल एकेडेमीले आगामी बर्ष देखि प्राविधिक शिक्षाको तयारी गरेको जानकारी दिएको । संस्थाको दशौ बार्षिकोत्सव को अवसरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष मोहन चापागाईले अर्को बर्ष देखि कक्षा ११ मा व्यवस्थान संकाय र सोही बर्ष देखि नै प्राविधिक शिक्षाको लागि समेत कार्य योजना बनाएको जानकारी दिए । विद्यालयले बार्षिकउत्सवको अवसरमा माघ २ गते देखि साताव्यापी कार्यक्रम समेत अयोजना गरिएको जनाएको छ । माघ ८ गते सम्म जारी रहनेछ । शैक्षिक गुणस्तरमा बृद्धि गर्दै आएको विद्यालय सारीरिक एवं खेलकुदमा विद्यालय अव्वल पहिचान गर्नका लागि सप्ताहव्यापी रुपमा कार्यक्रमको आयोजना गरी बार्षिकोत्सव मनाउन लागिएको विद्यालयका अध्यक्ष मोहन चापागाईले दिए ।
माघ २ गते सट खुल्ला दौड प्रतियोगिता आयोजना गरिएको छ । योगिकुटी देखि मणिग्राम हुँदै पुन योगिकुटीमा आई सट म्याराथुन सम्पन्न हुने छ । प्रतियोगितामा प्रथम हुनेले नगद ५१ सय प्राप्त गर्नेछ ।
त्यसैगरी द्धितिय र तृतियले क्रमस ३ हजार १ सय २ हजार १ सय प्राप्त गर्ने विद्यालयले जनाकारी दिएको छ । त्यसैगरी माघ ३ गते भुपु विद्यार्थी पुर्नमिलन, ४ गते खुल्ला डबल्स व्यामिन्टन प्रतियोगिताको आयोजना गरिएको छ । प्रतियोगितामा विजयीले नगद ७ हजार ७ सय ७७, द्धितियले ५ हजार ५ सय ५५ तथा तृतियले २ हजार २ सय २२ प्राप्त गर्ने विद्यालयका प्राचार्यका तोलाकान्त डुम्रेले बताए । त्यसैगरी माघ ६ गते रक्तदान, माघ ७ गते दशौ बार्षिकोत्स मुल समारोह र ८ गते सरास्वती पुजाको आयोजना गरिएको प्राचार्य डुम्रेको भनाई रहेको छ ।
४२ जना विद्यालयबाट सुरु भएको विद्यालयमा अहिले ६ सय ४२ विद्यार्थीहरु रहेका छन । ०६८ सालमा एलएलसी परिक्षामा प्रथम पटक सम्मलित भएदेखि हाल सम्म ५ औं पटक विद्यालयका एसएलसीमा समाबेश भएको र त्यस मध्ये १ सय ११ विद्यार्थीहरु मध्ये ३९ जना विशिष्ट श्रेणी, ६२ जना प्रथम र ९ जना द्धितिय श्रेणी सहित सत प्रतिशत विद्यार्थी उत्तिर्ण भएको विद्यालयको भनाई छ ।
विद्युत कर्मचारी युनियनको क्षेत्रीय सभा
‘विद्युत उत्पादनको गुरुयोजना आवश्यक’
बुटवल, २९ पुस–
नेकपा एमालेका सचिव तथा पुर्व उर्जा मन्त्री गोकर्ण विष्टले उर्जाक्षेत्रको विकासविना मुलुकको आर्थिक सम्वृद्धि हुन असम्भव जस्तै रहेको बताएका छन् । नेता बिष्टले उर्जा क्षेत्रमा अझै धेरै काम गर्न आवश्यक रहेको बताउदै । गुल्मी जिल्ला क्षेत्र नम्बर २ का जननिर्वाचि प्रतिनिधि सभा सदस्य समेत रहेका विष्टले उर्जाको विाकास विना देश विकास संभव नभएको भन्दै यसको लागि सबैको सहकार्यमा उर्जाको विकास गर्नुपर्ने धारणा राखे । उर्जाले नै देश समृद्धि हुने भन्दै उनले नेपाल उर्जाको विकासमा कायापलट ल्याउन सकिने जानकारी दिए । नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन लुम्बिनी क्षेत्रीय समितिको क्षेत्रीय भेलालाई बुटवलमा सम्बोधन गर्दै उनले उक्त कुरा बताएका छन् । उनले कर्मचारी आफुलाई रुपान्तर हुन तयार हुनु पर्ने र जनताको मनजितेर काम गर्न आग्रह गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व उर्जा मन्त्री विष्ठले सबैको ऐक्यवद्वतालाई आत्मसाथ गर्दै नेपाललाई आत्मनिर्भर बनाउन सकिने धारणा राखे । नेपालमा असंख्य मात्रामा विद्युत उत्पादनको संभावना रहको भन्दै देशलाई आत्मनिर्भर बनाउने प्रमुख पाटोको रुपम विद्युत रहेको जानकारी गराए । ८३ हजार मेघावट विद्युत उत्पादनको क्षमता नेपालमा रहेको भन्दै उनले उत्पादन गरेको विद्युत विक्रिबाट पनि नेपाल आत्मनिर्भर बन्ने बताए । उनले भने–‘नेपालमा अव राजनीतिक क्रान्ति सकिएको छ, अव आर्थिक समृद्धिको बाटो रहेको छ, आर्थिक जमृद्धिको लागि विद्युतको विकास नै आवश्यक रहेको छ । ’ उनले सुर्य र हावा बाट विद्युत शक्ति उत्पादन गरी नेपाललाई आत्मनिर्भर बनाउने योजनामा पहिलाको सरकारले ल्याएको भन्दै अहिलेको सरकारले त्यसतर्फ ध्यानदिन नसकेको बताए । नेपालमा नीजि प्रर्वद्धकबाट के कती मात्रा उर्जामा योगदान रहेको छ भन्ने विषयमा विस्तृत प्रतिवेदन बनाएर अध्ययान गर्नु आवश्यक रहेको बताए ।
कार्यक्रममा नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष रामेश्वर प्रसाद पौडेलल ले नेपाल लोडसेडिङ्ग मुक्त बनाउनकोलागि अझै धेरै कार्य गर्न बाँकी रहेको बताए । उनले भारतबाट विद्युत आयात गरेर भएपनि नेपाललाई लोडसेडिङ्ग मुक्त बनाउने अभियानमा नेपालमा वर्तमान सरकारले ठोस कार्य गर्न नसकको आरोप लगाए । अहिले पनि भारताले ४०२ मेघावट विद्युत नेपालमा आयात गरेको अवस्था रहेको भन्दै उनले नेपाल विद्युत प्राधिकारणबाट उत्पादन भएको विद्युतले अहिलेको आवश्यकता नथेक्ने बताए । तत्कालिन रुपमा नेपाल विद्यूत प्राधिकरणले उठाएको कुराहरुलाई सम्बोधन गर्नुको विकल्प नभएको केन्द्र्रीय अध्यक्ष पौडेलको भनाई रहेको छ । विद्युत उत्पादनको विष्तृत गुरुयोजना आजश्यक रहेको भन्दै उनले कहिलेकाही जलमाफियाहरुले नै देश चलाउने गरेको प्रति सरकार सचेत हुनुपर्ने धारणा राखे ।
कार्यक्रममा नेपाल विद्युत प्राधिकरण गुल्मी जिल्ला कार्यालय प्रमुख ई. नारायण प्रसाद अर्याल ले शुभकामना मन्तव्य राख्दै सबैको सहकार्यमा यहाँ सम्म आएको युनियन पेशागत हक हितको साथै जिम्मेबार कार्या सम्पदानमा लाग्नको लागि आग्रह गरेका थिए ।
कार्यक्रममा नेपाल विद्युत प्राधिकरण बुटवल क्षेत्रीय कार्यालय प्रमुख सुरेश बहादुर क्षेत्री, नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन बुटवल क्षेत्रीय कार्यलयकी अध्यक्ष कल्पना थापा, पेशागत महासंघ जिल्ला समिति रुपन्देहीका बाबुराम भण्डारी लगायतले बोलेका थिए । कार्यक्रममा नेपाल विद्युत प्राधिकरणमा लामो समय देखि कार्यरत रहेका सेवा निवृत्त कर्मचारीहरुलाई समेत सम्मान गरिएको थियो । नेपाल विद्युत प्राधिकरण बुटल क्षेत्र अन्र्तगतका गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी, रुपन्देही, अर्घाखाँची लगायतका जिल्लाहरुबाट कर्मचारीहरु, कार्यालय प्रमुख लगायतको सहभागीता रहेको थियो ।
कर्मचारीलाई सम्मानः नेपाल विद्युत प्राधिकरणबाट सेवा निवृत्त भएका कर्मचारीलाई सम्मान गर्दै पुर्व उर्जामन्त्री गोकर्ण विष्ठ । तस्वीरः केशव भण्डारी

 

 

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.