आठहजार मिटर खुल्ला दौड प्रतियोगितामा अभिषेक पाण्डे प्रथम

आठहजार मिटर खुल्ला दौड प्रतियोगितामा अभिषेक पाण्डे प्रथम

पामिर ईन्टरनेशनल एकेडेमी तिलोत्तमा रुपन्देहीको दशौ बार्षिकोत्सव समारोह आजदेखि सुरु भएको छ । पामिरले आजदेखि साताव्यापी रुपमा गर्न कार्यक्रम सुरु गरेको हो । कार्यक्रम अन्तर्गत आज सट खुल्ला दौड प्रतियोगिता आयोजना गरिएको थियो ।
पामिर इन्टरनेशनल एकेडेमी तिलोत्तमाको अयोजनामा आज भएको खुल्ला दौड प्रतियोगितामा शंकरनगर दुर्गादक्त माविका अभिषेक पाण्डे प्रथम भएका छन । प्रतियोगितामा सोही बिद्ययालयका सरोज घिमिरे द्धितिय भए । लुम्बिनी बाणिज्य क्याम्पसका आशिष शाही तृतिय र कालिका माविका जिवन खत्री सन्त्वना भएका छन । ३८ जना मावि र कलेज स्तरका बिद्ययार्थी दौडमा सहभागी थिए । तिलोत्तमा जोगिकुटिबाट सुरु भएको दौड मणिग्राम क्रिमसन अस्पतालबाट पुनः जोगिकुटिमा पुगि समापन भएको थियो । दौडको जिल्ला खेलकुद बिकाश समितिका रुपन्देहीका अध्यक्ष योग गुरुङले उद्याटन गरे । सो अवसरमा बोल्दै उनले स्वस्थ जिवनको लागि खेलकुद अपरिहार्य रहेको बाताए । खेलकुदमा सहभागि हुने बिद्ययार्थीको शैक्षिक स्तर पनि राम्रो ह्ुने उनले बताँए । कार्यक्रममा एकडेमिका अध्यक्ष मोहन चापागाईले खेलाडी राष्ट्रका गहना भएकाले र खेलकुदको विकासमा विदलय लागी रहेने बताए ।
पामिर इन्टरनेशनल एकेडेमीले १० औ बार्षिकोत्सवको अवसर पारेर बिबिध अतिरिक्त क्रियाकलाप अन्र्तगत पामिर एकडेमिले खेलकुदको बिकासमा थोरै भएपनि टेवा पुराउन ८हजार मिटर दौड प्रतियोगिताको अयोजना गरेको बिद्ययालयका प्रचार्य तोलकान्त डुम्रेले बताए । प्रतियोगिताको पुरस्कार बिद्ययालयको बार्षिकोत्सवको मुल समारोहमा बितरण गरिने बिद्ययालयले जनाएको छ । प्रथम, द्धितिय र तृतिय सान्तना हुनेले क्रमस नगद ५ हजार १ सय, ३ हजार १ सय र २ हाजर १ सय ११सय सहित ट्र्रफि प्रमाणपत्र प्राप्त गर्नेछन । कार्यक्रमको संचालन सायक प्रचार्य रवि राज काप्ले ले गरेका थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.