तिलोत्तमा मेलामा कुस्तीले बढायो रौनक

तिलोत्तमा,२ माघ । रुपन्देहीको मणिग्रााममा जारी तिलोत्तमा व्यापार मेलामा सोमबारबाट कुस्ती प्रतियोगितले थप रौनक बढाएको छ । खेलप्रमीहरुलाई लक्षित गरि कुस्ती प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा नेपाल र भारतका गरि कुल १६ जना पहलवानले भाग लिएका छन । ३ दिन सम्म प्रतियोगिता चल्ने अतिरिक्त क्रियाकलाप संयोजक शितल ज्ञवालीले जानकारी दिए । सोमबार पहिलो दिन ६ जना पहलवानले प्रतिष्पर्धा गरेका थिए । त्यस मध्ये भारतको दिल्लीका सहभागी सोनु पहलवान बिजयी भए । प्रतियोगितामा महिला पहलवान समेत सहभागी छन । १० जना पुरुष र २ जना महिला पहलवानले भाग लिएको संयोजक ज्ञवालीले बताए । मेला स्थलको मध्यभागमा आयोजित कुस्ती हेर्नेको भिड लागेको छ । त्यसले मेलामा थप रौनक बढाएको छ । उपस्थित दर्शकले प्रतियोगीहरुलाई हौसला प्रदान गरेका थिए । यस क्षेत्रका लागी नौलो प्रतिष्पर्धा भएका कारण दर्शकहरुको आकर्षण बढि देखिन्थ्यो । प्रतियोगिता निशुल्क अवलोकनको व्यवस्था मिलाइएको तिलोत्तमा व्यापार संघका कोषाध्यक्ष नेत्रप्रसाद न्यौपानेले जानकारी दिए । पहिलो दिनको प्रतिष्पर्धाबाट दर्शकहरुले भरपुर मनोरन्जन प्राप्त गरेको ज्ञवालीले उल्लेख गरे । उनका अनुसार खेल प्रति रुची राख्नेहरुका लागी लक्षित गरि मेलामा अतिरिक्त क्रियाकलापहरुलाई प्राथमिकता दिइएको हो । मेलामा बिहिबारबाट क्षेत्रीय भलिबल प्रतियोगिता समेत आयोजना हुदैछ । प्रतियोगितामा १० जिल्लाको सहभागीता रहनेछ । मेला आयोजक मुल समितिका संयोजक झबिन्द्र प्रसाद कंडेलले सबै दर्शकको रुचीलाई मेलामा सम्बोधन गर्ने प्रयास गरिएको बताए । भिन्न भिन्न रुची भएका दर्शकलाई त्यही अनुसारको मनोरन्जको व्यवस्था मिलाइएको उनको भनाई छ । मेलामा घोडाचडी देखि बग्गी सफारी सम्मको व्यवस्था छ । राष्ट्रिय कलाकारको सांस्कृतिक प्रस्तुती देखि डान्स आइडल, भ्वाइस अफ तिलोत्तमा र सेल्फी प्रतिष्पर्धाले पनि दर्शकहरुलाई आकर्षित गरेको छ । सेल्फी प्रतिष्पर्धामा अहिले सम्म १२ जनाले सहभागीता जनाएका छन । मेलाको जुनसुकै स्थानमा खिचिएको सेल्फी तस्वीर प्रतिष्पर्धामा सहभागी हुन पाउने व्यवस्था छ । प्रतिष्पर्धामा सहभागीको तस्वीरले प्राप्त गरेको लाइकका आधारमा पुरस्कृत गरिने अतिरिक्त क्रियाकलाप संयोजक ज्ञवालीले जानकारी दिए । मेलाको सोमबार २२ हजार दर्शकले अवलोकन गरेका छन । मेलाको सातौं दिन करिब २ करोड बराबरको कारबार भएको प्रचार प्रसार समितका संयोजक हरि प्रसाद उपाध्यायले जानकारी दिए । सोमबार राष्ट्रिय लोक तथा दोहोरी गायक पशुपति शर्मा, गायिका बिष्णु श्रीपालि, आधुनिक गायक चिरन्जीवी भण्डारी, लोक गायक भरत क्षेत्री लगायतले प्रस्तुती प्रस्तुत गरेका थिए । तिलोत्तमा डान्स आइडल र भ्वाईस अफ तिलोत्तमा पनि रोमान्चक बन्दै गएको छ । मंगलबार राष्ट्रिय लोक तथा दोहोरी गायक बैकुण्ठ महत, लोक गायीका शिलु भट्टराई,आधुनिक गायक तेजु अर्याल, लोक गायक कुमार पुन लगायतको बिशेष प्रस्तुती रहने सांस्कृतिक संयोजक टिकामणी आचार्यले जानकारी दिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.